News

शितल निवासको अर्काे निर्णयः राष्ट्रपतिबाट राष्ट्रिय सभा अधिवेशन अन्त्य

शितल निवासको अर्काे निर्णयः राष्ट्रपतिबाट राष्ट्रिय सभा अधिवेशन अन्त्य

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा फैसला गरेको छ। अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने सोमबार बसेको संवैधानिक इजलासले  फैसला सुनाएको हो ।  

योसँगै  राष्ट्रियसभाको अधिवेशन पनि अन्त्य गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेकी हुन् । सोमबारको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष राष्ट्रिय सभा अधिवेशन अन्त्यका लाष् सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेकी हुन् ।

संघीय संसद् सचिवालयले राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेको जानकारी गराएको छ । संघीय संसद् सचिवालयले विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएको हो । राष्ट्रिय सभाले मंगलबार दिउँसो ३ बजेका लागि अर्को बैठक तय गरेको थियो । राष्ट्रिय सभाको अधिवेशन असार १७ गते सुरु भएको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

विशेष