News

माधव नेपाललाई छोडेर रावल पुगे ओलीको स्थायी कमिटी वैठकमा

माधव नेपाललाई छोडेर रावल पुगे ओलीको स्थायी कमिटी वैठकमा

सर्वोच्च अदालतको फैसलाले संसद ब्यूतिएपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका उपाध्यक्ष भीम रावल अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटर पुगेका छन् ।

प्रधानमन्त्री ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुन रावल बालुवाटार पुगेका हुन्। नेता नेपालको कोटेश्वरस्थित निवास विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला रावल बालुवाटार पुगेका हुन्। 

तर, नेता नेपालले भने संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको स्वागत गरेका थिए।

नेपालले ओलीले बोलाएको बैठकमा सहभागी नहुने यसअघिनै घोषणा गरेका छन्। बालुवाटार स्थायी कमिटी बैठक बसिरहेको छ। बैठक साँझ पाँच बजेका लागि बोलाइएको थियो।

एमाले विवाद समाधान कार्यदलमा रहेका नेपालनिकट अर्का नेता सुरेन्द्र पाण्डे पनि वैठकमा जाने वताईएको थियो । एमाले कार्यदलले आइतबार राति एमाले मिलाउन दश बुँदे सहमति तयार पारेको थियो। 

सर्वोच्चको फैसलापछि उक्त दश बुँदे सहमतिको कार्यान्वयन हुन्छ कि हुन्न भन्ने अन्यौल बढेको छ।

माधव नेपाल भीम रावल

विशेष