News

५ दलिय गठवन्धनवाट माधव नेपाल आउट, देउवालाई फेरी खड्गो

५ दलिय गठवन्धनवाट माधव नेपाल आउट, देउवालाई फेरी खड्गो

पाँच दलिय गठवन्धनवाट नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समुह बाहिरिएको छ।

सोमबार कांग्रेस सभापति शेरवहादुर देउवाले वोलाएको गठबन्धनको बैठकमा नेता नेपालले गठबन्धनवाट वाहिरिने जानकारी गराए। सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाएपछि ‘परिस्थिति फेरिएको’ ले गठवन्धनमा वसिरहन मनासिव नहुने उनको भनाई थियो ।

जेठ ७ गते मध्यराती प्रतिनिधि सभा विघटन भएपछि नेपाली कांग्रेस, नेकपा माआवोवादी केन्द्र, एमालेको नेपालपक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा संघर्ष गर्ने भन्दै विपक्षी गठबन्धन निर्माण गरेका थिए।

गठबन्धन मार्फत नै नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री वनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन पेस गरेको थियो भने भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेपछि गठवन्धन मार्फत नै सर्वोच्चमा रिट दायर गरिएको थिो ।

सर्वोच्चले सोमबार प्रतिनिधि सभा पुनःस्थापनाको फैसला सुनाउँदै देउवालाई दुई दिनभित्र प्रधानमन्त्री वनाउन परमादेश जारी गरेपछि नेपाल पक्ष गठवन्धनवाट वाहिरीने निर्णयमा पुगेको हो ।

कांग्रेस सभापति देउवाको नेतृत्वमा बन्ने सरकारलाई विश्वासको मत दिने÷नदिने भन्ने विषयमा टुङ्गो लागेको छैन। माधव पक्ष एमालेले समर्थन नगर्ने हो भने देउवालाई प्रधानमन्त्रीको लागि विश्वासको मत प्राप्त गर्न समस्या हुने छ। 

माधवकुमार नेपाल गठवन्धन

विशेष