News विदेश Breaking News मुख्य समाचार समाज

भारतका डा. रेड्डीले रूसको स्पुतनिक लाइट कोभिड-१९ खोप ल्याउन सरकारसँग वार्ता 

भारतका डा. रेड्डीले रूसको स्पुतनिक लाइट कोभिड-१९ खोप ल्याउन सरकारसँग वार्ता 

नयाँ दिल्ली । भारतको डा. रेडी प्रयोगशालाले रूसको स्पुतनिक लाइट कोभिड-१९ खोप ल्याउन सरकारसँग वार्ता गरिरहेको छ । कम्पनीका प्रवक्ताले आगामी महिनासम्म खोप भित्र्याउने पहल भइरहेको जनाएका छन् । 

डा. रेड्डीले भारत सरकार र निजी क्षेत्रसँग दुईवटा खुराक स्पुतनिक भी खोप आपूर्ति गर्न वार्ता गरिरहेका हुन् । जुन कम्पनीले आगामी महिनाको मध्यमा व्यावसायिक रूपमा देशमा वितरण सुरु गर्ने जनाएको छ । 

कोरोनाविरुद्धको खोप आयातका लागि भारत सरकारले पहल गरिरहेको समयमा निजि क्षेत्रले पनि खोप आयातको पहल गरेका हुन् । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुकमा भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि खोप अभाव हुन थालेको हो । 

कोरोनाविरुद्धका दुई वटा खोपहरु भारतमा लगाउन गत जनवरीदेखि नै थालिएको हो । भारतले कोभ्याक्सिन र कोभिशिल्ड खोप स्वेदशमा नै उत्पादन गरेको थियो । उक्त खोप उत्पादनलगत्तै विभिन्‍न मुलुकहरुलाई वितरणसमेत गरेको थियो ।

सुरुमा खोप वितरण गरेको भारतमा अहिले दोस्रो लहरले विषम रुप लिन थालेपछि खोप निर्यातमा प्रतिबन्ध लगाउँदै आयातलाई जोड दिएको छ । 

विशेष