News

राष्ट्रप्रति र प्रधानमन्त्रीको ज्यान मर्ने धम्की दिने वकिल भन्छन्– भण्डारीले राजिनामा दिनुपर्छ

राष्ट्रप्रति र प्रधानमन्त्रीको ज्यान मर्ने धम्की दिने वकिल भन्छन्– भण्डारीले राजिनामा दिनुपर्छ

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्ने वताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि श्रेष्ठले यस्तो प्रतिक्रिया जनाएका हुन्।

सबै अधिकार आफूसँग भन्ने दाबीलाई सर्वोच्चले बदर गरिदिएपछि राष्ट्रपतिले पदबाट तत्काल राजीनामा दिनुपर्ने उनको तर्क छ।

‘राष्ट्रपतिले सबै अधिकार मसँग छ भनेर दाबी गर्नुभयो तर, सर्वोच्चले अधिकार छैन भनेर बदर गरिदिएपछि नैतिकताको हिसाबले पनि पदमा बस्न मिल्दैन’– उनले भनेका छन ।

श्रेष्ठ तिनै अधिवक्ता हुन जस्ले संवैधानिक अदालतमा वहसकै क्रममा राष्ट्रपति र प्रधानमन्त्रीको ज्यान मर्न सक्ने धम्की दिएका थिए । ‘असंवैधानिक काम गरेकै कारण फ्रान्स र बेलायतका राजाको हत्या भएको इतिहास छ’ वरिष्ठ अधिवक्ता श्रेष्ठले भनेका थिए–‘यस्तै काम गर्दै जाने हो भने नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको पनि त्यही आवस्था नआउला भन्न सकिन्न।’

यो पनि

संवैधानिक इजलासमा धम्कीपुर्ण वहस– राष्ट्रपति र प्रधानमन्त्रीको ज्यान मर्न सक्छ

विद्यादेवी भण्डारी संसद विघटन संवैधानिक इजलास रमण कुमार श्रेष्ठ

विशेष