देउवाले वोलाए विपक्षी गठवन्धनको वैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरे लगत्तै उनले वैठक वोलाएको हुन ।
गठवन्धनको बैठक साँझ ५ बजे सिंहदरबारमा बस्ने छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले वैठक आयोजना गरिएको जानकारी दिए ।
सर्वोच्च अदालतले आज प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन बदर गरेको छ । त्यस्तै, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि जारी गरेको छ ।
यो पनि
संसद विघटन असंवैधानिक ठहर, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश