News राजनीति

ज्ञानेन्द्रलाई ठेगान लगाएका माधवले ओलीलाई घोक्र्याएर निकाली छोडे !

ज्ञानेन्द्रलाई ठेगान लगाएका माधवले ओलीलाई घोक्र्याएर निकाली छोडे !

वरिष्ठ नेता माधवकुमार नेपालसँगको अन्तरद्वन्द्वका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीवाट च्यूत भए। लगभग दुईतिहाई र अपार जनसमर्थनसहित प्रधानमन्त्री वनेका ओली सोहि अवस्थामा विदा हुन पाएनन् । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाउन परमादेश जारी गरेपछि अपमानित भएर ओली विदा भए ।

सतही रुपमा हेर्दा ओलीलाई सर्वोच्च अदालतले ‘सत्ताच्यूत’ गर्यो। तर, गहिराईमा जाने हो भने ओलीलाई यो अवस्थामा पुर्याउने पात्र हुन– पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल । यदि माधवकुमार नेपाल अडानका साथ विपक्षमा खडा नभएका भए ओलीलाई प्रधानमन्त्रीवाट हटाउन सक्ने आँट कसैसँग थिएन। 

नेकपा छँदा पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली विरुद्ध कहिले काहीँ विरालोले भित्तो चिथोरे झै गरेकै हुन । तर, कमजोर प्रचण्डले ओलीलाई ठेगानमा राख्न भने सकेनन् । उनको यहि कमजोरीका कारण ओली राजनीतिक डन वन्दै गए। ओलीले ‘प्रचण्ड’ लाई धेरै पटक अपमान गरेकै हुन। बिरालोलाई झ्याल ढोका थुनेर कुटे झै घेरावन्दी गर्दा पनि प्रचण्डले ओली विरुद्धमा कुनै सार्थक कदम चाल्न सकेनन्। भित्ता चिथोर्ने तर, बिरालो झै पिट्ने मान्छेको घाँटी समाउने हिम्मत उनले कहिलै गर्न सकेनन्। 

पार्टी फुटेर एमाले–माओवादी केन्द्र वनेपछि प्रचण्डले ओलीलाई ठेगान लगाउँछ भन्दै हिडेपनि उनको मात्रै वलवुतावाट यो सम्भव थिएन । त्यसैले उनी कांग्रेस सभापति देउवा समक्ष पुगे र प्रधानमन्त्री वन्न आग्रह गरे। अघाएर सुतेको वाघ झै देउवाले प्रचण्डको कुरामा खासै चासो दिएनन् । देउवा प्रधानमन्त्री हुन चाहादैनथे। अर्थात सरकार वनाउन सकिएला र आफु प्रधानमन्त्री वनौंला भन्ने उनलाई लागेकै थिएन । त्यसैले उनी हरेक पटकको भेटमा एउटै कुरा दोहो¥याउँथे–‘एमाले एक भएसम्म प्रयास गर्नु ब्यर्थ छ।’

हुन त एमालेको माधव नेपाल समुहले देउवालाई अगाडि वढ्नोस भनेकै हो । तर, माधवले सहयोग गर्लान भन्ने देउवालाई बिश्वास थिएन। अन्तिम अवस्थामा एमाले एक हुने र कांग्रेस–माओवादीको संसद संख्याले मात्र सरकार वनाउन नसकिने सोचका कारण देउवा कहिले पनि प्रधानमन्त्री वन्ने लालचमा देखिएनन् ।

तर, वरिष्ठ नेता नेपालले जोखिम मोले। पार्टीमा चट्टानी अडान लिए र ओलीलाई औकातमा ल्याएरै छोडे। उनले यतिसम्म जोखिम मोले की ओलीका विरुद्धमा देउवासँग गठवन्धन वनाए। यसका कारण उनले पार्टीवाट कारवाही भोग्नु पर्यो । संगठित सदस्य नै नरहने गरी कारवाही गर्दा पनि उनी डगमगाएनन् । वरु उनले पार्टीमा समानान्तर कमिटी वनाएर उल्टै ओलीलाई चुनौती दिए ।

जसका कारण नेता नेपालसहित पाँच दलिय गठवन्ध वन्यो । गठवन्धनले नै देउवालाई प्रधानमन्त्रीमा अगाडि सार्यो र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेपछि सर्वोच्च अदालतमा रिट दर्ता गर्यो। अन्तत असार २८ गते सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभालाई असंवैधानीक घोषणा गर्दै देउवालाई प्रधानमन्त्री वनाउन परमादेश जारी गर्यो । ओलीलाई सत्ता च्युत गर्ने अन्तिम आदेश अदालतले गर्यो तर, त्यसको कारक भने नेता नेपाल भए ।

वरिष्ठ नेता नेपाल थोरै वोल्छन् र अरुलाई विझाउने शब्द कमै मात्र प्रयोग गर्छन । उनको अभिब्यक्ति धेरै आक्रामक छैनन् । त्यसैले उनले धेरैले लोसे भन्न पनि पछि पर्दैनन् । त्यसको विपरित अध्यक्ष ओलीका शब्दले भने सवैलाई फत्रक्क गलाउँछ। उनका अभिब्यक्ति मुटुमा विझ्ने खालका र छुद्र हुन्छन्। यतिसम्म की, ओलीले माधव नेपाललाई ‘हैसिय नै नभएको’ ब्यक्ति सरह ब्यवहार गर्दै आएका छन् । हुँदा हुँदा ओलीले नेपाललाई ‘प्रचण्ड र शेरवहादुर देउवाको मामुली कार्यकर्ता’ भन्न समेत भ्याई दिए ।

गत असार १४ गते स्वर्गीय नेता मदन भण्डारीको ७०औ जन्मदिनका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा त ओलीले माधव नेपाललाई सामान्य नागरिकको हैसियमा समेत राखेनन् । ‘ओलीले नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको’ भन्दै सुरु भएका चर्चाको प्रसंगमा उनले भनेका थिए–‘मलाई बहुला कुकुरले टोकेको छ र ? कोही मान्छे नभेटाएर यस्ता मान्छे (माधव नेपाल)लाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’

उनले नेपाललाई प्रचण्डको पुच्छर भन्नसम्म वाँकी राखेनन् । ‘एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन् । जन्तु पूर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने पुच्छर पूर्वतिर लाग्छ’– भन्दै नेता नेपालको आलोचना गरे ।

तर, काम गर्ने शैली, स्वभाव र अहिलेसम्म देखिएको अडानलाई हेर्ने हो भने नेता नेपाल ओलीले वुझाए जस्ता भने पक्कै पनि होईनन् । उनको चट्टानी अडानका कारण नेपाललाई पटमुर्ख जस्तो देखिन सक्छ। तर, त्यहि अडान र धैर्यता उनको हतियार हो। यहि हतियार प्रयोग गरेर उनले पुर्वराजा ज्ञानेन्द्रलाई त नागार्जुन पुर्याए नै ओलीलाई समेत घोक्र्याएर निकाले। 

०६१ माघ १९ मा एक शाही घोषणामार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ताको नेतृत्व आफनो हातमा लिए । उनको सक्रिय शासन गर्ने महत्वकांक्षाले राजतन्त्रविरोधी मत बनाउन र फरकफरक कित्ताका दलहरुलाई एकै ठाउँमा उभ्याउन सहज बनायो।

तत्कालीन नेकपा माओवादी र ज्ञानेन्द्रको ‘कु’सँगै शासन सत्ताबाट बाहिरिएका संसदीय दलहरुबीच १२ बुँदे सहमति भयो । यसमा नेपालमा राजतन्त्र अन्त्य र गणतन्त्र कार्यान्वयनको वैधानिक र सर्वस्वीकृत बाटो पहिल्याइएको थियो। ०६२ मंसिर ७ मा भएको सो सम्झौताको पहिलो बुँदामा नै भनिएको थियो– ‘निरंकुश राजतन्त्र अन्त्य गरेर पूर्ण लोकतन्त्र स्थापना नगरेसम्म देशमा शान्ति, प्रगति र समृद्धि सम्भव छैन भन्ने हाम्रो स्पष्ट धारणा छ।’

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल, नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति गोपालमान श्रेष्ठ, जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का उपाध्यक्ष भरतविमल यादव, संयुक्त वाममोर्चाका अध्यक्ष कृष्णदास श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सम्झौतामा हस्ताक्षर गरे। यो सम्झौता गर्नमा नेता नेपालको भुमिका महत्वपुर्ण थियो ।

१२ वुँदे सम्झौतामा नेता नेपालको भुमिका अझ वढी देखिएको थियो । सहमतिलाई ०६२ चैत २४ देखि जारी दोस्रो जनआन्दोलनले देशव्यापी स्वीकार्यता दियो। दलहरुकै आह्वानमा सडकमा लाखौं जनता उत्रेर तत्कालीन राजा ज्ञानेन्द्रलाई घुँडा टेकाए। सडकमै गणतन्त्रको नारा घन्कियो। अन्ततः राजतन्त्रको अवसान भयो ।

नेता नेपाल अहिलेसम्म पनि लगभग उस्तै अवस्थामा थिए। ओलीको अपमान सहेरै वसे। यसको मतलव उनी निरिह वने भन्ने पक्कै पनि होईन। उनको अडान र शान्त स्वभाव ओलीका लागि सधैं विझाई रह्यो । ओलीले नेपाललाई गलाउन हदैसम्मका उपायहरु अवलम्वन गरे । तर, अहिले ओली आफै फत्रक्क गले र वालुवाटारवाट विदा भए ।

यति मात्रै होईन, नेता नेपालको अडानकै कारण ओली पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याउन वाध्य भए । यद्यपी नेपाल पक्षले त्यो निर्णय जेठ २ मा पुग्ने नभई अन्यत्रै पुग्ने भन्दै स्विकार गरेको छैन । अहिले आएर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली चाहिँ पट्मुर्ख जस्तो देखिन थालेका छन्। उनले नत नेकपाको एकता कायम राख्न सके नत अदालतले ब्युँताएको एमालेलाई नै एक ढिक्का वनाएर अघि वढ्न सके । उनका रास्ट्रवादी छवी पनि नाङ्गेझार भएको छ। ओली यतिवेला नेता÷कार्यकर्ताको अगाडि पटमुर्ख जस्तो देखिएका छन्। 

केपी शर्मा ओली माधवकुमार नेपाल शेरबहादुर देउवा ज्ञानेन्द्र शाह

विशेष