News

देउवा गृहमन्त्रीमा बालकृष्ण खाँण,  अर्थमा जनार्दन र उर्जामा भुसाल

देउवा गृहमन्त्रीमा बालकृष्ण खाँण,  अर्थमा जनार्दन र उर्जामा भुसाल

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् । 
ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनको मन्त्रालयको टुंगो लागिसकेको छैन । 

यसैगरी, नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । माओवादी केन्द्रले शर्मालाई अर्थ र भुसाललाई ऊर्जा मन्त्री बनाउन सिफारिस गरेको हो ।

स्रोतका अनुसार माओवादी केन्द्रले मंगलबार शर्मा र भुसाललाई मात्रै सरकारमा पठाउन लागेको हो । 

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ ।

देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् । उनी पाँचै पटक नेपालको प्रधानमन्त्री वनेका छन् ।
 

शेरबहादुर देउवा बालकृष्ण खाँण जनार्दन शर्मा पम्फा भुसाल

विशेष