News

२१ दिनपछि ज्वाला संग्रौला प्रहरी हिरासतवाट मुक्त

२१ दिनपछि ज्वाला संग्रौला प्रहरी हिरासतवाट मुक्त

स्वघोसित सामाजिक अभियन्ता ज्वाला संग्रौला प्रहरी हिरासतवाट मुक्त भएकी छिन् । २३ दिनको हिरासत वसाईपछि उनीसहित ४ जना रिहा भएका हुन्।

जिल्ला अदालत काठमाडौंले मंगलबार उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्वाला भनिने टीका संग्रौला, शर्मिला वाइवा भनिने शर्मिला राई, यमबहादुर खड्का र हिमाल प्रसाद उपाध्यायलाई कुनै मुद्दामा धरौटी र कुनैमा साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। 

उनीहरूविरुद्ध जिल्ला अदालतमा जातीय तथा सामाजिक विभेदसम्बन्धी कसुर, अभद्र व्यवहार र लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। यस्तै, ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि असार ६ गते जातीय तथा सामाजिक विभेद गरेको अभियोग छ। ज्वाला र उनका पति हिमालविरुद्ध प्रहरीले कीर्तेमा पनि मुद्दा चलाएको थियो। सरकारी कागजात कीर्ते गरेको उनीहरु विरुद्ध अभियोग छ।

यो कसुरमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।  कीर्ते कसुरमा ज्वालालाई साधारण तारेख र हिमाललाई एक लाख धरौटी माग भएको जिल्ला अदालतले जनाएको छ।

उनीहरुले नाता प्रमाणित, अविवाहिताको प्रमाणपत्र, जन्मदर्ता लगायतका कागजात कीर्ते गरेको अनुसन्धानमा देखिएको छ।
 

ज्वाला संग्रौला

विशेष