News

सर्वोच्च अदालतप्रति ज्ञानेन्द्र शाहीको ब्यंग्य– समय तोकर प्रधानमन्त्रीमा नेतालाई टिको लगाऔं

सर्वोच्च अदालतप्रति ज्ञानेन्द्र शाहीको ब्यंग्य– समय तोकर प्रधानमन्त्रीमा नेतालाई टिको लगाऔं

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाउने सर्वोच्च अदालतको परमादेशको आलोचना गरेका छन् । निर्वाचन गरेर अरवौं रुपैयाँ खर्च गरी राज्यको ढुकुटी रित्याउनु भन्दै दलका नेतालाई समय तोकर प्रधानमन्त्री नियुक्त गर्ने ब्यवस्था गर्नु उत्तम हुने उनले टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतको फैसाला आएपछि फेसवुकमा आफनो धारणा सार्वजनिक गरेको शाहीले भनेका छन्–‘आज सर्बोच्च अदालतको निर्णय आयो। कतिलाई प्रत्याशित लाग्ला त कतिलाई अप्रत्याशित। जे भए पनि  अदालतको निर्णय प्राविधिक रूपमा सबैले मान्नै पर्यो। सवाल के निर्णय आयो भन्दा पनि के परिणाम आयो भन्ने हो। हिजो लोकतन्त्र प्रजातन्त्रको दुहाई दिदै नेपाल र नेपालीको भाग्य परिवर्तनको सपना देखाएर सत्तारोहण गर्नेहरूको नियत छर्लङ्ग भएको छ।’

पाँच बर्षको स्थायी सरकारको दुहाई पनि खोक्रो नारा साबित भएको उनले जनाएका छन् । ‘के अब सरकार १  महिना ६ महिनामा या १ बर्षमा परिवर्तन गर्नु सच्चा लोकतन्त्र हो ? के सरकार बनाउन बिभिन्न बहानामा संसद किनबेच गर्नु या तदनुरूप वातावरण बनाउनु लोकतन्त्र हो ? यदि हो भने अध्यावधिक निर्वाचन किन र के का लागि ?’ उनले भनेका छन्–‘अब उप्रान्त निर्बाचन नै नगरी दलका नेताहरुलाई यो÷यती बर्ष वा महिनाका निम्ति प्रधानमन्त्री हुने भनेर तोके भयो! किन निर्वाचन गरेर अरबौ रुपैया खर्च गरी राज्यको ढुकुटी रित्याउनु ?’

राष्ट्र र राष्ट्रियताका निम्ति देशका जिम्मेवार स्थायी निकायहरू निष्पक्ष, स्वतन्त्र र बाहिरी प्रभावबाट अछुतो हुन आवश्यक रहेको उनको भनाई छ। ‘हाम्रो जस्तो भूराजनैतिक अवस्था भएको देशले अति संवेदनशील भएर सोच्न र गर्न आवश्यक छ। लोकतन्त्रको नाममा हुने÷गरिने नेपाली नेताहरूको वालकृडाबाट देश दिनानुदिन अधोगति उन्मुख भएकोले नेपाली संस्कार, संस्कृति, परम्परा अनि परिवेश अनुसार नेपाल र नेपालीका हितमा परिवर्तन हुन आवश्यक छ भन्दै आएका हौं’ उनले अगाडि भनेका छन्–‘नेपाली राजनीतिका यस्तै–यस्तै कृयाकलाप र घटनाक्रमहरूले हाम्रो ठम्याई सही साबित हुदै आएको छ। नेपाल र नेपालीको हितमा हुने भोलिको परिवर्तनको पवित्र यज्ञमा लामवद्ध हुन सम्पूर्ण आदरणीय नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौ ।’

ज्ञानेन्द्र शाही शेरवहादुर देउवा सर्वोच्च अदालत

विशेष