News

माधवप्रति कमल थापाको ब्यंग्य– आफनै सेनापतिलाई हराएर घर फर्के २३ सेनानी

माधवप्रति कमल थापाको ब्यंग्य– आफनै सेनापतिलाई हराएर घर फर्के २३ सेनानी

राष्ट्रिय जनता पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई व्यंग्य गर्दै एकाविहानै एउटा लघुकथा लेखेका छन्।

अध्यक्ष थापाले सर्वोच्चको निर्णयले विद्रोही २३ सेनानीले आफनै सेनापतिलाइ हराएर घर फर्केको भन्दै ब्यंग्य गरेका छन् । असन्तुष्ट सेनानी विदेशी फौज (कांग्रेस र माओवादी) सँग मिल्न गए।

अनि ‘पंच भलादमी’ समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरू घर फर्केको उनलको भनाई छ। यति गर्दा पनि २३ सेनानीहरु ‘जित्यौं, जित्यौं’ भन्दै सगौरव नारा लगाईरहेको उनको लघुकथाको सार छ।

उनले लेखेका छन्, ’एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरू असन्तुष्ट भएछन्। ती असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए। अनि ‘पंच भलादमी’ समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरू ‘जित्यौं, जित्यौं’ भन्दै सगौरव घर फर्केछन्।’

http://


 

 

कमल थापा माधवकुमार नेपाल लघुकथा

विशेष