News

रवी लामिछानेलाई ठेगान लगाउने ऐन महरको चेतावनी

रवी लामिछानेलाई ठेगान लगाउने ऐन महरको चेतावनी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)का अध्यक्ष ऐन महरले टेलीभिजन प्रस्तोता रवी लामिछानेलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।

महरले मंगलवार फेसवुक स्ट्याटस लेख्दै यस्तो चेतावनी दिएका हुन । प्रतिनिधि सभा पुनर्स्थापना र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाउने सर्वोच्च अदालतको परमादेश मान्दैनौ भन्दै एमाले युवा/विद्यार्थीहरुले दिएको अभिब्यक्तिप्रति लामिछानेले जनाएको प्रतिक्रियामा महरको यस्तो चेतावनी आएको हो ।

उनले लेखेका छन्– ‘रबि लामिछाने नामको अराजक र ब्यभिचारी मान्छेलाई सम्हालिन र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दछु। अन्यथा तिम्रो अराजकताको ठेगान कानुन बमोजिम अनेरास्ववियुले छिट्टै लगाउने नै छ । जस्तालाइ त्यस्तै जवाफ र व्यबहार अनेरास्ववियुले राम्ररी जानेको छ ।’

यसको करिव १ घण्टा अघि रवी लामिछानेले आफनो फेसवुक स्ट्याटसमा ‘केरे.. .केरे ..केरे.., अदालतको आदेश मान्दिन रे!!?? तिम्रो “बा’ को शासन हो र ?’ भन्दै लेखेका थिए ।

ऐन महर रवी लामिछाने

विशेष