News विदेश

भौतिक रुपमा एक बर्षपछि मात्रै वस्यो भारतको मन्त्रीपरिषद बैठक

भौतिक रुपमा एक बर्षपछि मात्रै वस्यो भारतको मन्त्रीपरिषद बैठक

भारतको मन्त्रीपरिषद्को बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ । 

मन्त्रीपरिषदमा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसाएका हुन । बैठकमा विषेश गरेर आगामी संसद अधिवेशनका बारेमा छलफल भएको श्रोतले जनाएको छ । भारतको संघीय संसदको बर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भइ अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ । 

प्रधानमन्त्री मोदीले बैठकमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल गरेका थिए ।
(रासस÷एएनआई)
 

नरेन्द्र मोदी

विशेष