News

ओलीले तोकेको निर्वाचन कार्यतालिका पनि रद्द 

ओलीले तोकेको निर्वाचन कार्यतालिका पनि रद्द 

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन स्थगित् गरेको छ । आयोगले सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको जनाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ ।’ 

विशेष