News

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उनले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौंँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि उनलाई धन्यवाद दिए।

राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न देउवाको टिमसँग मिलेर काम गर्न तयार रहेको बताएको भारतीय राजदूतावासले जनाएको छ ।

यसैगरी, काठमाडौंस्थित अमेरिकी राजदूत ¥याण्डी बेरीले भने मंगलबार नै प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जालबाट देउवालाई बधाई दिएका छन्।

बेरीले आफ्नो सामाजिक सञ्जालमा एकाउन्टमा लेखेका छन्– ‘नेपालस्थित अमेरिकी मिसनको तर्फबाट नवनियुक्त प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’

विशेष