News

विप्लव र प्रचण्डबीच भेटवार्ता, चुनाव अघि नै पार्टी एकता गर्ने बारे छलफल

विप्लव र प्रचण्डबीच भेटवार्ता, चुनाव अघि नै पार्टी एकता गर्ने बारे छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका थिए । विश्वस्त स्रोतका अनुसार प्रचण्ड र विप्लबबीच चुनाव अघि नै पार्टी एकता गर्ने बारे छलफल भएको छ । ओली बालुवाटार छोडेर बालकोट गए लगत्तै दुई माओवादी नेताबीच भएको भेटघाँटलाई पार्टीपंक्तिले महत्वका साथ हेरेकोछ ।

विप्लबले माओवादीबाट छुटिट्एर अलग्गै दलदर्ता गरेपछि प्रचण्डसँग औपचारिक रुपमा भेटेका थिएनन् । प्रचण्ड निकट शिर्ष नेताहरुले विप्लबसँग पार्टी एकता गर्ने बारे निरन्तर छलफल भैईरहेको बताउँदै आएका थिए ।  

नेत्रविक्रम चन्द विप्लव पुष्पकमल दाहाल प्रचण्ड भेटवार्ता

विशेष