News

देउवा प्रधानमन्त्री भएपछि ‘फरार’ गच्छदार अदालतमा हाजिर

देउवा प्रधानमन्त्री भएपछि ‘फरार’ गच्छदार अदालतमा हाजिर

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएसँगै भ्रष्टाचार गरेको आरोपपछि फरार रहेका कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्।

ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका गच्छदार बुधबार अदालतमा हाजिर भएका हुन्। जग्गा हिनामिना प्रकरणमा मुछिएका गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा थिए। अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश उनले अटेर गर्दै आएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै उनले छानबिन निकायलाई सघाउने बताएपनि फरार थिए।

भ्रष्टाचारको मुद्दा लागेपछि गच्छदारको सांसद पद निलम्बन भएको छ। 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। विशेष अदालतले गच्छदारलाई तत्कालीन भौतिक निर्माणमन्त्रीका हैसियतमा बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

शेरवहादुर प्रधानमन्त्री वनेका वेला आफनो मुद्दा ढिसमिस वनाउने योजना अनुसार गच्छदार अदालतमा उपस्थित भएको चर्चा छ। 
 

शेरवहादुर देउवा विजयकुमार गच्छदार

विशेष