News

शेरवहादुर प्रधानमन्त्री वने सँगै सुरु भयो कांग्रेस समर्थकको गुण्डागर्दी

शेरवहादुर प्रधानमन्त्री वने सँगै सुरु भयो कांग्रेस समर्थकको गुण्डागर्दी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै दिन उनका समर्थकहरुले पटाखा पट्काएर स्थानीयवासीलाई हैरान पारेका छन्। देउवा प्रधानमन्त्री बनेकै दिन रौतहटको राजपुर नगरपालिकामा उनका समर्थकहरुले पटाखा पट्काएर स्थानीयवासीलाई हैरान पारेका हुन्।

पटाखाले राजपुर नगरपालिकाका स्थानीयवासीलाई अप्ठ्यारो भइ रहँदा केही स्थानीयले घरको आसपास पटाखा नपट्काउन आग्रह गरेका थिए । आग्रह गर्न गएकालाई नै अफताब आलमका भाइ शेख शोयब र उनका छोराहरुले पुर्वमन्त्री राजाबाबुकी बुहारी तथा भतिजाहरुमाथि कुटपिट गरेका थिए।

कुटपिटबाट पुर्वमन्त्री राजाबाबुका भतिजहरु घाइते भइ अस्पताल भर्ना भएका छन्। उनीहरुको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ। स्थानीयहरु कांग्रेस समर्थक कार्यकर्ताहरुको यस्तो रवैयाको विरोध गरिरहेका छन्।

यता, देउवा प्रधानमन्त्री वन्नासाथ फरार सुचिमा रहेका विजयकुमार गच्छदार पनि अदालतमा हाजिर भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो । 

शेरबहादुर देउवा राजपुर

विशेष