News राजनीति

माधव नेपाल पक्षसँग एकता गर्नुको औचित्य नरहेको ओली निष्कर्ष !

वालकोट पुग्नासाथ नेपाललाई ‘गद्दार’ घोषणा

माधव नेपाल पक्षसँग एकता गर्नुको औचित्य नरहेको ओली निष्कर्ष !

निवर्तमान प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वुधवार वालुवाटर स्थित सरकारी निवास छोडेर आफनो निवास बालकोट पुगेका छन् ।

वालकोट पुग्नासाथ उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ घोषणा गर्दै उनलाई कुनै क्षमा कुनै क्षमा दिन नसकिने बताए। ‘माधव नेपालकै कारण एमालेको सरकार ढलेको हो,’ उनले भने, ‘माधव नेपालजस्ता लाजशरम हराएका विश्वासघाती र अन्तरघातीलाई आत्मालोचना स्वीकार्ने कुनै ठाउँ छैन । नेपालजस्ता गद्दारहरूलाई कुनै क्षमा गर्न सकिन्न ।’

यो आक्रोशपुर्ण अभिब्यक्तिले ओली अव माधव पक्षसँग एकता गर्नुको औचित्य नरहेको निष्कर्षमा पुगेको अड्कलवाजी गर्न थालिएको छ। 

वरिष्ठ नेता नेपालसँगको अन्तरद्वन्द्वकै कारण ओली प्रधानमन्त्रीवाट च्यूत भए। लगभग दुईतिहाई र अपार जनसमर्थनसहित प्रधानमन्त्री वनेका ओली सोहि अवस्थामा विदा हुन पाएनन् । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाउन परमादेश जारी गरेपछि अपमानित भएर ओली विदा भएका छन्।

ओलीलाई यो अवस्थामा पुर्याउने पात्र हुन– पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल । यदि माधवकुमार नेपाल अडानका साथ विपक्षमा खडा नभएका भए ओलीलाई प्रधानमन्त्रीवाट हटाउन सक्ने आँट कसैसँग थिएन। 

यद्यपी ओलीले माधव नेपाललाई फकाउन अन्तिम अवस्थासम्म प्रयत्न गरेका थिए । दोस्रो पटक प्रतिनिधि सभा विघटनपछि निस्कृय भएको कार्यदललाई सकृय वनाएर उनले सम्भावित संकट टार्ने प्रयत्न गरे । कार्यदलले १० वुँदे सहमतिको प्रस्ताव पनि सार्वजनिक गर्यो । तर, त्यो सहमति पार्टीमा अनुमोदन हुन नपाउँदै सर्वोच्च अदालतले ओली सरकार ढाल्यो ।

वरिष्ठ नेता नेपाललेकै कारण यो अवस्था आएको ओलीको स्पष्ट प्रतिक्रियाले अव एमालेको एकता प्रक्रियामा पुर्ण विराम लागेको अनुमान लगाउन सकिने विश्लेषकहरु वताउँछन् । 

यो पनि

ज्ञानेन्द्रलाई ठेगान लगाएका माधवले ओलीलाई घोक्र्याएर निकाली छोडे !

केपी शर्मा ओली माधवकुमार नेपाल गद्दार

विशेष