News

सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश 

सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश 

सरकारले आगामी साउन ३ गते सङ्घीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको छ । 

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपराह्न ४ बजे बैठक बोलाउन सिफारिश गरेको हो । बैठकपछि सरकारका प्रवक्ता समेत रहनु भएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने सम्बन्धमा राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिए।
 
सर्वोच्च अदालतले यही असार २८ गते गरेको फैसलाअनुसार सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने उल्लेख छ । सर्वोच्चको परमादेशका आधारमा शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार गठन भएसँगै संसद् बैठक बोलाउन लागिएको हो ।

विशेष