News राजनीति

एमाले संसदिय दलको वैठक सार्न प्रस्ताव, माधव पक्षिय एकता कार्यदल सकृय

एमाले संसदिय दलको वैठक सार्न प्रस्ताव, माधव पक्षिय एकता कार्यदल सकृय

आफु नेतृत्वको सरकार ढालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालसँग उग्र भएका छन् । वालुवाटरवाट वालकोट स्थित निजी निवासमा सर्ने क्रममा उनले वार्दलीवाट नेता नेपाललाई ‘गद्दार’ घोषणा गरिदिए ।

यसैक्रममा उनले शुक्रवारका लागि संसदिय दलको वैठक वोलाएका छन् । तत्कालै दलको वैठक वोलाएपछि अध्यक्ष एवम् एमाले संसदीय दलका नेता केपी ओलीले के गर्लान भन्ने कौतुहलता सुरु भएको छ।

यहि आशंका विच माधव नेपाल पक्षको एकता कार्यदलका सदस्यहरुले ओलीले शुक्रबार ३ बजे बानेश्वरको लोत्से हलमा वोलाएको संसदीय दलको बैठक अर्को दिन सार्न प्रस्ताव गरेका छन् ।

संसदीय दलको बैठकमा जाने–नजानेबारे नेपाल पक्षले निर्णय नै गरिनसकेका कारण वैठक अर्को दिनलाई सार्न प्रस्ताव गरिएको हो । 

एमाले स्थायी कमिटी सदस्य एवम् कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बैठक सार्नको लागि पार्टी अध्यक्ष एवम् संसदीय दलका नेतालाई प्रस्ताव पठाएको बताए। उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ मार्फत ओलीलाई सन्देश पठाएको उनले जानकारी दिएका छन् ।

आफ्नो समूहका कार्यदलका नेताहरु बसेर दोस्रो पुस्ता सक्रिय हुनुपर्ने निष्कर्ष निकालेको समेत उनले बताए। 
 

कार्यदल

विशेष