News अपराध सुरक्षा

रुपा सुनार प्रकरणमा पूर्व शिक्षामन्त्री विरुद्ध जाहेरी दर्ता गर्न आदेश

रुपा सुनार प्रकरणमा पूर्व शिक्षामन्त्री विरुद्ध जाहेरी दर्ता गर्न आदेश

रुपा सुनार विभेद प्रकरणमा पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।  

न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो । ३१ असारमा रूपा सुनारले दर्ता गराएको रिटमा सुनुवाइ गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आदेश दिइएको अदालतले जनाएको छ।

जातीय भेदभावको कसुरमा हिरासतमा रहेर अनुसन्धान गरिरहेको व्यक्तिलाई छुटाएर अनुसन्धान प्रभावित पारेको भन्दै पूर्वमन्त्री श्रेष्ठविरुद्ध रूपा सुनारले सर्वोच्चमा रिट हालेकी थिइन्। 

जातीय भेदभावको आरोपमा हिरासतमा रहेकी सरस्वती प्रधानलाई मन्त्रीमा बहाल हुँदा कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा छुटाइएको थियो। सर्वोच्चले प्रधान कुन निर्णय वा आधारबाट हाजिरी जमानीमा छुटेकी हुन सोको जानकारी दिन पनि आदेश गरेको छ। 

सरस्वती प्रधानले जातकै कारण आफूलाई कोठा नदिएको भन्दै रूपाले दिएको जाहेरीका आधामार प्रहरीले प्रधानलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

रुपा सुनार कृष्णगोपाल श्रेष्ठ

विशेष