News विदेश Breaking News मुख्य समाचार समाज

पाकिस्तानमा पीटीआइ दलका दुई नेता बिरुद्ध हिन्दु समुदायद्धारा मुद्दा दायर

पाकिस्तानमा पीटीआइ दलका दुई नेता बिरुद्ध हिन्दु समुदायद्धारा मुद्दा दायर

खेबर पख्तुन्ख्वा । पाकिस्तानमा पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआइ) दलका नेताहरुले मन्दिर कब्जा गरेको भन्दै मुद्दा दर्ता भएको छ । 
पाकिस्तानको मन्सेरास्थित शिव (सवन) मन्दिर पीटीआइका दुई नेताले नियन्त्रण लिएको भन्दै हिन्दु समुदायले मुद्दा दर्ता गरेका हुन् । पाकिस्तानमा आपराधिक प्रक्रिया संहिताको २२ ए धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ । सो क्षेत्रको एक मात्र हिन्दु शिव मन्दिर पीटीआइ का दुई नेताले कब्जा गरेको भन्दै दुई पाकिस्तानी नागरिक शाम लाल र सजिन लालले मुद्दा दायर गरेका हुन् । उनीहरु दुबै हिन्दु समुदायका हुन् । शिव मन्दिरको अध्यक्ष रहेका शाम लालले मन्दिरको हेरचाह गर्ने गरेका छन् । यहि मार्च १९ मा आफ्नो परिवारसँग मन्दिर गएको बेला इस्लामाबादका पीटिआई सिनेटर सरदार गुरदिप सिंह र खेबर पख्तुन्खवाका रवी कुमारले मन्दिर प्रवेश गर्न रोकेको शाम लालले बताएका छन् । गुरदिप सिंह र रवी कुमारको साथमा मन्दिरको सुरक्षाका लागि भन्दै एक जना प्रहरी पनि रहेको उनले बताएका छन् । उनीहरुले मन्दिर परिसरमा रहेको शिव मन्दिर समाज लेखेको बोर्ड समेत उखेलेर आफुसँगै लगेको बताईएको छ । स्रोत अल अरबिया पोष्ट

विशेष