News

वालुवाटारवाट लुरुलुरु निस्केका ओली वालकोटको वार्दलीमा पुगेर गर्जिए !

वालुवाटारवाट लुरुलुरु निस्केका ओली वालकोटको वार्दलीमा पुगेर गर्जिए !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता जोगाउने नाममा नेपालको राजनीतिक इतिहाँसमै नौला–नौला प्रयोग गरे ।

शासन सत्ता खुस्किने डरले कोरानाको वहानामा २ बर्षसम्म त देशलाई लकडाउनमै राखे। लकडाउनका कारण धेरैको बिचल्ली भयो। कतिले जागीर गुमाए, जिवन धान्नै मुस्किल भएर कतिले त आत्माहत्या नै गरे। धेरैको व्यापार चौपट भयो। 

समग्रमा सरकारका आसेपास, कमिसनको खेलो गर्न सक्ने र देशको कानुन तथा नियमअरुलाई पनि छेउ लगाएर हिड्न सक्ने वाहेक अधिकांश नेपालीको अर्थ ब्यवस्था डामाडोल भयो ।

जव असार लाग्यो अनि अनि ओलीको लकडाउन हट्यो। स्मार्ट लकडाउनका नाममा जथाभावी गर्न थालिएको छ । जनस्वास्थ्य विज्ञहरुले भने स्वास्थ्य मापदण्ड पालना नगरे भयावह अवस्था आउन सक्ने वताई नै रहेका छन् ।

यहि वेलामा सरकारवाट ओलीको वहिर्गमन निश्चित भयो । ओलीलाई वालुवाटरवाट वालकोटसम्म पुर्याउन जुलुस निकालीयो। चोक–चोकमा सुरक्षाकर्मी बाक्लो उपस्थिती अनि सवारी चाप ।

निवर्तमान प्रधानमन्त्री ओलीको बिदाइमा उनका समर्थकको भिडभाड व्यवस्थापन गर्नु प्रहरीका लागि पनि चुनौति बन्यो। 

सडक कब्जाको शैलीमा सवारीको लस्कर, मान्छेको त हिसाव गर्नै परेन । ओली वालकोट स्थित आफनो घरमा पुगेपछि सबैभन्दा पहिला बार्दलीमा गए र हात हल्लाए। तल उनको प्रशंसामा हुटिङ भईरह्यो। समर्थकले घर वरिपरि खचाखच भएपछि ओलीले भाषण थाले।

वालुवाटरवाट वालकोटसम्म पुग्दा समर्थक मात्र होईन, ओलीसमेतले कोरोनामा बच्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड भुले । सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, बिडभाड नगर्ने लगायतका सरकारका उर्दीले ओली र उनका समर्थकलाई छोएन। तर, कोरोनाले चै के गर्यो त्यो हेर्न वाँकी छ।

केपी शर्मा ओली वार्दली भाषण

विशेष