पवित्राका आफन्तद्धारा ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता
सुनिल धामी
बझाङ केदारस्युँ गाउँपालिका ०५ की २३ वर्षिया पवित्रा गुर्धामी काठमाडौमा मृत फेला परेकीछन् । सोमबार काठमाडौ महानगरपालिका ०७ भत्केकोपुल स्थित हेरिटेज बोर्डिङको एउटा कोठामा उनि मृत फेला परेकी हुन् ।
पवित्राका आफन्तहरुले घटना आत्महत्या नभएर हत्या भएको दाबी गरिरहेकाछन् । यसैबीच मृतक पवित्राका दाजु कृष्ण बहादुर गुर्धामीले बिहिबार महानगरिय प्रहरी वृत गौशालामा जाहेरी दर्ता गरेकाछन् । पवित्राले आत्महत्या नगरेको भन्दै आवश्यक छानबिनको माग गरेर कृष्णले ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गराएकाछन् । मृतकका आफन्तले दर्ता गरेको जाहेरीमा उनि कार्यरत हेरिटेज स्कुललाई प्रतिपक्ष बनाइएको छ । पवित्राको शब पोस्टमार्टमको लागि त्रिबी शिक्षण अस्पतालमा राखिएको छ । पवित्राको शब घटनास्थलबाट उठाउनुभन्दा पहिले आफुहरुलाई कुनै जानकारी नै नगराई पोस्टमार्टमको लागि लगिएको आफन्तहरु बताउँछन् ।
विद्यालय स्रोतका अनुसार पवित्राले सोमबार करिब ३ बजे झुण्डिएर आत्महत्या गरेको जनाईएको छ । दिउँसो करिब ३ बजे पवित्राले झुण्डिएर आत्महत्या गरेको अवस्थामा आफुले भेटेको विद्यालयका प्रधानाध्यापक राजेस लिम्बु बताउँछन् । उनका अनुसार पवित्राले आफुबस्ने कोठाभित्र चुकुल लगाएर आत्महत्या गरेकीहुन् ।
बिहीबार मृतक पवित्राका आफन्त तथा अगुवाहर जाहेरी दिन दिउँसो १ बजे गौशाला प्रहरी वृतमा पुगेका थिए । प्रहरीले सुरुमा जाहेरी लिन नमानेपछि मृतकका आफन्त र प्रहरीबीच सामान्य विवाद समेत भएको थियो । मृतकका आफन्तहरुको करिब २० जनाको समुह सुरुमा पवित्राले आत्महत्या गरेको भनिएको विद्यालयमा पुगेको थियो । विद्यालय परिसरमा पुगेको समुहले केहीबेर नाराबाजी गरेको र विद्यालयमा समेत ढुगां प्रहार गरेको गौशाला प्रहरीले बताएको छ । उक्त समुहले प्रहार गरेको ढुंगाबाट विद्यालयको एउटा झ्यालमा क्षति पुगेको प्रहरीले जानकारी दियो ।
। पवित्राको शब घटनास्थलबाट उठाउनुभन्दा पहिले आफुहरुलाई कुनै जानकारी नै नगराई पोस्टमार्टमको लागि लगिएको आफन्तहरु बताउँछन् । मृतकका आफन्त तथा अगुवा प्रताप गुर्धामी भन्छन्, ‘पवित्राको शब उठाउनुभन्दा पहिले हामीलाई जानकारी गराउनु पर्थ्यो । मलाई पनि शबको मुचुल्का उठाईसकेपछि जानकारी आयो । घटना शंकास्पद छ । हामीलाई जानकारी नै नगराई कसरी मुचुल्का उठाईयो? प्रहरीले त्यसरी मुचुल्का उठाउन मिल्दैन । प्रहरी र विद्यालयका प्रधानाध्यापकले सुनियोजित तरिकाले घटनालाई दबाउन खोजेकाछन् ।’
यता प्रधानाध्यापक राजेश लिम्बु भने पवित्राले आत्महत्या नै गरेको बताउँछन् । उनि भन्छन्, ‘विद्यालयमा होस्टेल सञ्चालन गर्ने तयारीमा थियौँ । कक्षा १० का विद्यार्थीलाई होस्टेल मै राखेर पढाउने तयारी भएकाले हामीले पवित्रालाई फोन गरेर बोलाएका हौँ । यता आउने वित्तिकै यस्तो गर्छिन भन्ने के थाहा थियो र । सायद हाम्रो दुःख पाउने भाग्य रहेछ ।’