यस्तो छ पवित्राको कोठामा भेटिएको सुसाईड नोट र फेसबुक स्टाटस
सुनिल धामी
बझाङ केदारस्युँ गाउँपालिका ०५ की २३ वर्षिया पवित्रा गुर्धामी काठमाडौमा मृत फेला परेकीछन् । सोमबार काठमाडौ महानगरपालिका ०७ भत्केकोपुल स्थित हेरिटेज बोर्डिङको एउटा कोठामा उनि मृत फेला परेकी हुन् ।
पवित्राका आफन्तहरुले घटना आत्महत्या नभएर हत्या भएको दाबी गरिरहेकाछन् । यसैबीच मृतक पवित्राका दाजु कृष्ण बहादुर गुर्धामीले बिहीबार महानगरिय प्रहरी वृत गौशालामा जाहेरी दर्ता गरेकाछन् । पवित्राको शब त्रिबि शिक्षण अस्पतालमा राखिएको छ ।
पवित्राको हत्या हो या आत्महत्या गरेकी हुन् यस विषयमा थप अनुसन्धान र पोस्टमार्टम रिर्पोटले पुष्टि गर्ला । यद्यपी पवित्राले आत्महत्या गरेको भनिएको कोठामा एउटा सुसाईड नोट भेटिएको छ । पवित्राको मृत्यू हुनुभन्दा केहि घण्टा पहिला मात्र फेसबुकमा फोटो सहितको स्टाटस पोस्ट भएका छन् ।। टिकटकमा दुईवटा ट्रयाजिडिक भिडियो अप्लोड भएका छन् ।
मृतक पवित्राको कोठामा भेटिएको सुसाइड नोट
पवित्राको कोठामा भेटिएको सुसाईड नोटमा उल्लेख छ, ‘म मरेपछि पुलिस यहाँ अवश्य आउँछन् । यो हास्टेलको म्याम सरलाई केही नगर्नु उहाँको केही दोष छैन ममा प्लिज प्लिज।’ यति लेखेर दुईवटा हस्ताक्षर गरिएको छ ।
पवित्राको कोठामा भेटिएको सुसाईडनोटमा उनि किन आत्महत्या गर्दैछिन् त्यो खुलेको छैन । नोटमा केवल म मरेपछि पुलिस यहाँ अवश्य आउँछन् । यो हास्टेलको म्याम सरलाई केही नगर्नु उहाँको केही दोष छैन म मा प्लिज प्लिज’ उल्लेख छ । पवित्रा आत्महत्या नै गर्न तयार भएको भए उनले किन आत्महत्या गर्दैछु र के कारणले आत्महत्या गर्दैछु उल्लेख किन गरिनन्? प्रायः आत्महत्या गर्न तयार हुने मान्छेहरुले सुसाईड नोटमा सर्वप्रथम आफ्ना आफन्त र परिवारलाई सम्झेका हुन्छन् । पवित्राले परिवारलाई किन सम्झिनन् होला? प्रधानाध्यापक र उनको श्रीमतीलाई सहानुभुती दिन चाहन्थिन भने आफु आत्महत्या गर्नुको कारण किन नखुलाएकी होलिन्?
पवित्राको फेसबुकमा पोस्ट भएको स्टाटस
फेसबुकमा केहि समयको अन्तरालमा दुईवटा फरक फरक पोस्ट गरिएकाछन् । पहिलो पोस्टमा दुईवटा फोटोहरुसँगै राखिएको छ । एउटा फोटोको पृष्ठ भुमिमा कुनै नदि देखिन्छ । नदि किनारको घरको छतमा मन्द मुस्कानमा पवित्राले एउटा हात कम्मरमा राखेर फोटो खिचाएकी छिन् । सायद यो ठाउँ कुनै नदि किनारको होटेल हुनुपर्छ । सँगैको अर्काे फोटो उनि बस्ने गरेको होस्टेलको सिढिमा खिचिएको छ । फोटो माथिको क्याप्सनमा लेखिएको छ, ‘तिमिलाई धेरै सम्झेको छु । खुसि रहनु सधै । मिस यु । अब मेरो फेसबुक आइडी खोज्ने प्रयास नगर्नु गुड बाई ।’
परिवारिक स्रोत अनुसार पवित्रालाई योजनाबद्ध तरिकाले मारिएको हो । उनले अप्लोड गरेको फोटो कस्ले खिचिदियो? उनि भएको नदि किनार कुन ठाउँ हो? को सँग उनि त्यहाँ पुगिन्? होस्टेलको सिढिमा खिचिएको फोटो कस्ले खिचेको थियो? ‘तिमिलाई धेरै सम्झेको छु । खुसि रहनु सधै । मिस यु । अब मेरो फेसबुक आइडी खोज्ने प्रयास नगर्नु गुड बाई’ फोटो माथिको क्याप्सनमा उल्लेख यी वाक्यहरु उनले आफैले लेखेकी हुन् वा लेख्न लगाइएको हो? अरु नै कसैले लेखेर पोस्ट गरेको हो? आफन्तहरु प्रश्न गरिरहेकाछन् । उनिहरु भन्छन्, ‘आत्महत्या गर्ने मान्छे मेकअप गरेर सुसज्जित तरिकाले गर्दैन ।’
पवित्रा विगत २ वर्षदेखि हेरिटेज स्कुलमा कर्मचारीको रुपमा कार्यरत थिईन । जब सेन्टरले काम मिलाई दिएपछि उनि स्कुलको होस्टेलमा खाना पकाउने काम गर्थिन । अघिल्लो निषेधाज्ञाभरी काठमाडौ मै बसेकी पवित्रा यसपाली भने जेठ १५ तिर गृह जिल्ला बझाङ फर्किइन । उनि विद्यालयबाट राजिनामा गरेर नै बझाङ फर्किएकी थिइन । काठमाडौमा अझै स्मार्ट लकडाउन कायम नै छ । शैक्षिक संस्था पुर्ण रुपमा बन्दछन् । गाउँ मै परिवारसँग मेलापात गरेर बसेकी पवित्रालाई विद्यालयका प्रधानाध्यापकले नै फोन गरेर बोलाएको आफन्तको भनाई छ । शैक्षिक संस्था पुर्ण रुपमा बन्द भएको बेला विद्यालयमा काम गर्ने पुर्व कर्मचारीलाई किन काठमाडौ बोलाईयो? पवित्रा काठमाडौ आउँदा प्रधानाध्यापक राजेश लिम्बुले नै खर्च समेत पठाएका थिए ।
पवित्रा काठमाडौ पुगेको एकहप्ता नवित्दै उनले आत्महत्या गरेको प्रधानाध्यापक बताउँछन् । तर पवित्राका आफन्त भने आत्महत्या गरेको मान्न तयार छैनन् । उनिहरु भन्छन्, ‘पवित्राले आत्महत्या गर्ने जस्तो परिस्थिति केही थिएन । उनि मानसिक रुपमा स्वस्थ र निडर थिइन् । सानोतिनो समस्याले निराश हुने स्वभावकी थिइनन् ।’