News

पेट्रोलियम पदार्थमा १ रुपैयाँ घटाएका विद्यार्थी संगठनले अब गाडीको भाडावृद्धि विरुद्ध आन्दोलन गर्ने 

पेट्रोलियम पदार्थमा १ रुपैयाँ घटाएका विद्यार्थी संगठनले अब गाडीको भाडावृद्धि विरुद्ध आन्दोलन गर्ने 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयलाई केही समयदेखि विभिन्न विद्यार्थी संगठनले विरोध गर्दै आएका थिए । नेपाल आयल निगम लिमिटेडले पेट्रोल तथा डिजेलरमट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य १ रुपैयाँ घटाएको हो ।


नेपाल आयल निगम लिमिटेडका अनुसार मूल्यवृद्धि फिर्ता गरिनुपर्ने भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिलको मागको सम्बन्धमा निरन्तरको छलफलपछि मूल्य घटाउने निष्कर्ष निस्किएको थियो ।


अब भने तिनै पाँच विद्यार्थी संगठन सार्वजनिक यातायातका साधनमा २८ प्रतिशतसम्म भाडावृद्धि गरिएको भन्दै आन्दोलनमा जाने भएकाछन् । आज अखिल (छैठौं ) को कार्यकालमा वसेको बैठकले भाडावृद्धि घटाउन आन्दोलनमा जाने निर्णय गरेको हो ।


पाँच विद्यार्थी संगठनको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।’   साउन १ गते यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेश गरेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बैठकमा सहभागी अनेरास्ववियू (क्रान्तिकारी )का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए ।


‘कोरोनाले जनता थलिएको, लाखौंको रोजगारी गुमेको, जनता आर्थिक रुपमा जर्जर भएर एक पेट खाना जुटाउन समेत गाह्रो भइरहेको समयमा यति ठूलो मात्रामा भाडा बृद्धि गरिनु गरिबमारा निर्णय हो ।’ आन्दोलनरत पाँच विद्यार्थी संगठनको विज्ञप्तिमा भनिएको छ । 


यसैगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एक रुपैयाँ मात्रै घटाएकोमा पाँच विद्यार्थी संगठनले असन्तुष्टि जनाएका छन् । उनीहरूले  निगमले २०७१ पछि विद्यार्थी आन्दोलनको मागलाई आंशिक सम्बोधन गर्ने प्रयास गरे पनि त्यो पर्याप्त नभएको बताएका छन् ।

यसैगरी विद्यार्थी संगठनहरुले निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट बिदा लिँदै गर्दा विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका कलेजहरूको ठाउँ, नाम र विश्वविद्यालय परिवर्तन (स्विचिङ्) गर्ने नाममा रातारात ठूलो आर्थिक चलखेल र अनियमिता गरेको आरोप लगाएका छन्  ।  विज्ञप्तिमा भनिएको छ –’तोकिएको मापदण्ड र निर्देशिका विपरीतको अवैध  प्रक्रिया तत्काल रोक्न र  घोटालामा संलग्नहरुलाई छानविन गरी कार्वाही गर्न जोडदार माग गर्दछौं ।’

आन्दोलनरत पाँच विद्यार्थी संगठनमा काङ्ग्रेस निकट नेविसंघ , माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी ) माधव नेपाल पक्षीय अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चा निकट अखिल ( छैठौं ) छन् ।

 खानेतेलको १०० रुपैयाँ बढ्दा किन मौन?


ट्रोलियम पदार्थमा एक–दुई रुपैयाँ मूल्यवृद्धि हुँदा पनि निकै आल्दोलन हुन्छ । प्रायः आन्दोलन विद्यार्थी संगठनहरुले गर्ने गरेका छन् । तर, खानेतेलको मूल्य एक वर्षमै सय रुपैयाँ बढ्दा पनि कसैले आवाज उठाउँदैनन् । विद्यार्थी संगठन पनि थाहा नपाएजस्तै गर्छन् ।

यो वर्ष पटक–पटक गरेर पेट्रोलिय पदार्थको मूल्य २५ रुपैयाँ बढाइएको छ भने खानेतेलको सय रुपैयाँ  बढेको छ । अघिल्लो वर्ष १८० रुपैयाँ भएको खानेतेलको मूल्य अहिले २८० पुगेको छ । अघिल्लो वर्ष प्रतिलिटर १०४ रुपैयाँ भएको पेट्रोलको अहिले १२८ रुपैयाँ पर्छ ।

तुलनात्मक रुपमा आर्थिक अवस्था बलियो हुनेले सौखका लागि प्रयोग गर्ने पेट्रोलको भन्दा आमसर्वसाधारणको भान्छामा हरेक दिन प्रयोग अनिवार्य भएको खानेतेलको मूल्य असाधारण तरिकाले बढ्दा किन आवाज उठ्दैन रु माधव नेपाल पक्षीय नेकपा एमालेनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने– यो प्रश्न जायज छ, हामी यस विषयमा पनि आवाज उठाउँछौं, सम्बन्धित मन्त्रालयमा मूल्य घटाउन माग गर्छौं ।


उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले विद्यार्थी नेताहरुले पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको देख्ने तर खानेतेलको बण्ेको नदेख्नु दुखद भएको बताए । उनले भने, ‘विद्यार्थी नेताहरुले पनि आफैलाई फाइदा हुने काम मात्रै गर्ने हुन् । राजनीतिक स्वार्थका लागि आन्दोलमा उत्रेका छन् । अब नेपाल विद्यार्थी संघले आफ्नै सरकार भएकाले आन्दोलन गर्दैन ।

पछिल्लो समय सबैभन्दा धेरै खानेतेलको मूल्य बढेकोविरुद्ध आफूले आवाज उठाइरहेको महर्जनको भनाइ छ । तर अधिकारकर्मीले जति बोले पनि उत्पादक र सरकारले नसुनेको उनको गुनासो छ ।

नेपाल खुद्रा व्यपार संघले पछिल्लो एक वर्षमा तेरीको तेल, भटमासको तेल र सनफ्लावर तेलमा ८० देखि एक सय रुपैयाँसम्म मूल्यवृद्धि भएको जनाएको छ ।

संघले खानेतेलको मूल्य अत्यधिक बढेको भन्दै वाणिज्य विभागमासमेत उजुरी दिएको थियो । उजुरी परेपछि विभागले तेल उत्पादकहरुलाई मूल्यवृद्धि हुनुको कारण पेश गर्न भनेको थियो ।

करिब २० वटा उद्योगमध्ये सबैले कारण पेश गरेका थिए । कारण पेश गरेकामध्ये विभागले ३ वटा तेल उत्पादन गर्ने उद्योगलाई विनाकारण तेलको मूल्यवृद्धि गरेको भन्दै कारवाही पनि गरेको थियो ।

नेपालमा पछिल्लो सयम निषेधाज्ञाका कारण देखाउँदै दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक रुपमा बढाइएको छ । मूल्यवृद्धिमा सरकारको समेत साथ रहेको उपभोक्ताकर्मीको आरोप छ ।

विशेष