News

देउवा प्रधानमन्त्री वन्दा चीन नाखुस !

देउवा प्रधानमन्त्री वन्दा चीन नाखुस !

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएकोमा चीनि खुसी देखिएको छैन ।

देउवा प्रधानमन्त्री वनेकोमा भारतसहित अन्य विभिन्न देशले वधाई तथा शुभकामना दिईसक्दा पनि चीनका तर्फवाट कुनै सन्देश प्राप्त भएको छैन। चीनियाँ दुतावासले समेत अहिलेसम्म वधाई सन्देश नपठाएको जनाईएको छ ।

जवकी भारती राजदूत विनयमोहन क्वात्राले देउवालाई वुधार निवासमै भेटेर बधाई ज्ञापन गरे। यसैगरी, अमेरिकी राजदूत ¥याण्डी बेरीले मंगलबार नै प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जालबाट देउवालाई बधाई दिएका थिए ।

तर, चीनका तर्फवाट आजसम्म पनि वधाईको सन्देश प्राप्त नहुनुलाई संयोगको रुपमा मात्र हेर्न नहुने विश्लेषकहरु वताउँछन् ।

स्वभावैले कांग्रेस भारतसँग नजिक छ। कांग्रेस सरकार वन्दा स्वभाविक रुपमा चीनको पकड नेपालमा कमजोर हुने गरेको पाईन्छ। त्यसैले चीनले नेपालमा कम्युनिष्ट सरकार जोगाउन हदैसम्मको प्रयत्न गरेको थियो ।

नेकपालाई फुटन नदिन र कम्युनिष्टहरुलाई एकजुट वनाएर राख्न चीनले गरेको प्रयास असफल हुँदै अहिले प्रधानमन्त्रीमा देउवा आईपुगेका छन् । नेपालको राजनीतिलाई नजिकवाट नियाली रहेको चीनले जानेरै देउवालाई वधाई नदिएको र यसले ठुलो अर्थ राख्ने जानकारहरु वताउँछन् । 

शेरवहादुर देउवा चीन

विशेष