News

घाँस काट्न जाने क्रममा लडेर मुत्यु

घाँस काट्न जाने क्रममा लडेर मुत्यु

बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

उहाँका अनुसार घाँस काट्न जाने क्रममा लडेर मुत्यु भएको अवस्थामा आज उहाँको शव फेला परेको छ । कँडेल बुधबार दिउँसो १२ बजे पचुवाकै कुभिन्डो भन्ने ठाउँमा घाँस काट्न भनेर जानुभएको र बेलुकासम्म नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । खोजतलासका क्रममा उहाँ मृतावस्थामा फेला परेको र घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिनुभयो । शव परीक्षणका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पठाइएको छ ।

रासस

विशेष