News राजनीति

ओली समुहकै दोस्रो पुस्ताका नेताहरु ओलीको विकल्प खोज्नुपर्ने निष्कर्षमा  !

ओली समुहकै दोस्रो पुस्ताका नेताहरु ओलीको विकल्प खोज्नुपर्ने निष्कर्षमा  !

इतिहासकै सबैभन्दा शक्तिशाली वामपन्थी सरकारको नेतृत्व गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतको नेकपा एकतालाई त जोगाउन सकेनन्–सकेनन्, विगतको संगठित एमाले पनि एक भएर रहन सकेन ।

संसदले प्रधानमन्त्री चुनेका केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकर्ता झै प्रयोग गरेर त्यही संसदलाई दुई पल्टसम्म असंवैधानिक विघटन गरे । ओलीको निर्देशन पाएकी भण्डारीले पनि राष्ट्रपतिको गरिमा र मर्यादालाई कायम राख्न नसक्नु दुःखद सावित भयो ।

ओली र भण्डारीको यो कर्मलाई अन्ततः सर्वोच्च अदालतले असार २८ गते असंवैधानीक घोषणा गर्यो र विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री वनाउन परमादेश जारी गर्यो । 

ओलीले गरेका समृद्धि र सुशासनका कुरा झण्डै तीन वर्षको अवधिमा कतै देख्न पाईएन। गोकुल वास्कोटा प्रकरण र ललिता निवास प्रकरणमा विष्णु पौडेल जाकिएपछि भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीको मुखै नहेर्ने प्रधानमन्त्रीको प्रतिवद्धता पानीको फोका सरह सावित भयो ।

उनले छिमेकीहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्न सकेनन् । ब्यापारमा भारतको एकाधिकार तोड्ने र दुवै देशलाई समान रुपमा ब्यवहार गर्ने भन्दै चीनसँग गरेको ब्यापार सम्झौताले दुई/चार ट्याङकर पेट्रोलमा दम तोड्यो । उनको राष्ट्रवादको नारा पनि उत्तरार्धमा आएर लम्पसार परेको आरोप लाग्दै आएको छ। भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखसँगको भेटपछि उनको राष्ट्रवाद नक्कली थियो भन्ने ब्यवहारमै प्रष्ट देखियो । संसदले भारतले अतिक्रमण गरेर वसेको नेपाली जमिनसहितको प्रशासनिक नक्सा जारी गरेपनि गुमेको भुमि फिर्ता ल्याउने विषयमा ओलीको पहल कदमी कहिलै देखिएन। वरु नयाँ नक्सा छापिएका पाठ्यपुस्तक समेत वितरणमा रोक लगाएपछि उनको नक्कली राष्ट्रवाद नाङ्गो भयो।

यी यावत प्रकरणका उनकै कहिलै कसैको सल्लाह र सहयोग मागेनन् । हरेक कदममा ‘मैले भनेको ठिक, नत्र वेठिक’ भन्दै राजा झै प्रस्तुत भए । उनले गरेको कुनै पनि निर्णय पार्टीमा मात्र होईन मन्त्री परिषदका सदस्य समेतलाई जानकारी हुन छोड्यो । जसका कारण प्रतिपक्षी मात्र होईन, आफ्नै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समुह ओलीसँग रुष्ट हुँदै गयो । ओलीले त्यसलाई पनि वास्ता गरेनन् । फलस्वरुप खनाल–नेपाल कांग्रेस–माओवादीसहितको गठवन्धनमा मिल्न पुगे । अन्ततः सर्वोच्च अदालतले ओलीलाई वालुवाटारवाट घोक्र्याएर वालकोट पुर्याएको उनकै नेता/कार्यकर्ताहरु वताउँछन् ।

यति मात्र होईन, ओली वालुवाटारवाट गलहत्याईएपछि उनकै पक्षमा रहेका दोस्रो पुस्ताका नेता÷कार्यकर्ता असन्तुष्ट छन् । ओलीको ठाउँमा अरु कोहीलाई अघि सारेको भए सरकार र पार्टी जोगिन्थ्यो भन्ने उनीहरुको मत छ। सर्वोच्च अदालतको फैसला आउनु अघि पार्टीका उपनेता सुवास नेम्वाङलाई प्रधानमन्त्री वनाएर समस्या समाधान गर्ने विषयमा पनि पार्टीा छलफल भएको थियो । तर, उनले नेम्वाङलाई समेत छोडन नमानेपछि माधव नेपाल पक्ष आफनो अडानमा वसेको दोस्रो पुस्ताका नेताहरुको भनाई छ।

पार्टीमा सल्लाह नै नगरी २ पटक प्रतिनिधि सभाको बिघटन, एमाले ब्युँतिएपछि नेता नेपाललाई तिरस्कार र कार्यदलको सहमति बिपरित अभिव्यक्ति दिँदै हिडेपछि अहिलेको अवस्था आएको उनीहरु वताउँछन् । एमालेको अध्यक्ष तथा देशको प्रधानमन्त्री भएका ओलीले केन्द्रीय सदस्य महेश बस्नेतकै शैली र स्तरमा झरेर कुरा गर्न थालेको उप नेता नेम्वाङ र महासचिव इश्वर पोखरेलले गुनासो गर्न थालेका छन् । विष्णु पौडेलले पनि ‘बुढालाई औषधी लाग्यो’ भन्दै टिप्पणी गर्न थालेको एक नेताले वताए ।

ओलीको यहि रवैया रहने हो भने एमाले नामको पार्टी आगामी चुनावपछि खोज्न हिड्नु पर्ने उनीहरु सुनाउँछन् । ओलीलाई अध्यक्षवाट पनि ससम्मान विदा गरेर उनको विकल्प खोज्नु पर्ने विषयमा दोस्रो पुस्ताका नेताहरुले आन्तरिक गृहकार्य सुरु गरेको जनाईएको छ ।

केपी शर्मा ओली वामपन्थी सरकार दोस्रो पुस्ता

विशेष