News

बुटवल जान हिँडेकी किशोरीलाइ ट्रकमा बारम्बार बलात्कार गर्दै विरगञ्ज पुर्याइयो 

बुटवल जान हिँडेकी किशोरीलाइ ट्रकमा बारम्बार बलात्कार गर्दै विरगञ्ज पुर्याइयो 

रुकुमकी १९ वर्षीया एक युवतीलाई बुटवल जानु थियो । केही समयअघि उनि बुटवलभन्दा राम्रो काम पाइने आशामा काठमाडौं आएकी थिइन् । सानैमा विवाह भएको, पछि त्यही विवाह नटिकेको अवस्थाबाट गुज्रिएकी उनिसँग दुई वर्षका छोरा थिए । काठमाडौं आएर आमा छोराको पेट पाल्न उनले सुरूमा मजदुरी काम गरिन् । कुनै दिन राम्रो काम पाउँला भन्ने आशैआशमा दिन बितिरहेका बेला कोरोना बढ्यो, निषेधाज्ञा भयो ।


निषेधाज्ञामा काम नपाएपछि उनि फेरी बुटवल नै फर्केर काम खोज्ने विचार गरिन् । बुटवल फर्किेने भनेर कलंकी पुगेकी ती किशोरीले सार्वजनिक बस पाईनन् । चोकमा ट्रक र अरू गाडी आउ जाउ गरिरहेका थिए । उनले थानकोटतिर जाने ट्रकलाई हात दिएर आफूलाई लिफ्ट दिन आग्रह गरिन् । 

केहीबेरमा एउटा ट्रक रोकियो । उनी त्यसैमा चढिन् । चालक सुनिल महतोले किशोरीलाई नारायणघाटसम्म छाड्ने बताएका थिए । मुग्लिन नारायणघाट सडकमा पहिरोका कारण उनीहरू जाममै फसे । जाममा फसेपछि सुनिलले किशोरीलाई आइतबार र सोमबार आफूसँगै राखे । धम्क्याएर ट्रकको क्याबिनमा लगेर राति बलात्कार गरे ।


जाम खुलेपछि सुनिलले मंगलबार दिउँसो १ बजे चितवनको रामनगर पुर्याए । त्यहाँबाट सुनिलले अर्काे ट्रकमा चढाएर पठाए । त्यो ट्रक शिववालक महतोले चलाएका थिए ।

सुनिलले शिववालकलाई पनि आफूहरूबीच यौनसम्पर्क भएको जानकारी दिइसकेका थिए । शिववालकले ती किशोरीलाई बुटवल लग्ने भनेर झुक्याएर वीरगञ्जतर्फ लगे । त्यसैबीच फेरि ती किशोरीमाथि चालक शिववालकले बाराको जंगल क्षेत्रमा पुर्यायाएर ट्रकभित्र बलात्कार गरेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।  

शिववालकसँगै रहेका २७ वर्षीय सहचालक इन्दल चौहानलाई उनले ड्राइपोर्टसम्म पुर्याउन भनेका थिए । सहचालक चौहान र त्यसमा सवार अर्का ४० वर्षीय भोला भन्ने व्यक्तिले पनि ड्राइपोर्ट परवानीपुर सडक खण्ड बीच बाटोमा पटक पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि उनीहरूले ती किशोरीलाई बुधबार साँझ ५ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ स्थित ड्राइपोर्टमा ओराले । किशोरी अलपत्र परिन् ।

त्यसैबीच प्रहरी चौकी सिर्सियाबाट खटिएको गस्तीको प्रहरीले ती किशोरीलाई देखेपछि उनको उद्धार भएको हो । उनलाई प्रहरीले सोधपुछ गरेर दुई जना चालकलाई ट्रकसहित पक्राउ गरेको हो । सहचालक चौहान र भोलाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए ।

खनालका अनुसार किशोरीको स्वास्थ्य अवस्था सामान्य छ । उनको स्वास्थ्य परीक्षण गरी अहिले उनलाई एक संस्थाको संरक्षणमा राखिएको छ । उनका छोरा पनि सँगै रहेको खनालले बताए ।

अहिले उनलाई संस्थाको संरक्षणमा राखिएको छ । स्वास्थ्य अवस्था पनि सामान्य छ खनालले भने, ‘उनको राहतको लागि जिल्लास्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितिले उपलब्ध गराएको छ । पछि आफन्त आएर बकपत्र भएपछि हामीले जिम्मा लगाइदिन्छौं ।’

बारम्बार बलात्कार

विशेष