News

देउवाका महान्यायाधिवक्तालाई सपथ खुवाउन राष्ट्रपतिको अनिच्छा, भनिन् मैले सपथ खुवाउन संविधानमा लेखेको छैन

देउवाका महान्यायाधिवक्तालाई सपथ खुवाउन राष्ट्रपतिको अनिच्छा, भनिन् मैले सपथ खुवाउन संविधानमा लेखेको छैन

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्त गरेका महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ शीतलनिवासमा गर्न राष्ट्रपति भण्डारी आफैँले अस्वीकार गरेकी छन् ।

महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन छ ।

यद्यपि राष्ट्रपति कार्यालयमा शपथका लागि समय माग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्तिथिमा महान्यायाधिवक्ताको शपथ गराउन अनिच्छा जाहेर गरेकी थिइन् । उनले संविधानमा महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा गर्ने उल्लेख नभएको भन्दै सर्वोच्च अदालतमै शपथ गर्न भनेकी थिइन् ।  राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमै महान्यायाधिवक्ताको शपथ गर्न परिपत्र पनि पठाएको थियो ।

यसअघिका महान्यायधिवक्ताहरुको शपथ राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले गराउने परम्परा छ । यसअघिका महान्यायाधिवक्ता रमेश बडालको शपथ पनि राष्ट्रपति कार्यालयमै प्रधान न्यायाधीशले गराएका थिए ।

यद्यपि राष्ट्रपति कार्यालयले भने यसअघि सर्वोच्चका न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीको शपथ पनि सर्वोच्च अदालतमै भएको स्मरण गराउँदै शीतलनिवासमा महान्यायाधिवक्ता खातीको शपथ गर्न अस्वीकार गरेको हो ।

महान्यायाधिवक्ताले सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा काम गर्छन् ।

राष्ट्रपति बिद्या देवी भण्डारीले आफ्नो उपस्थितिमा शपथ ग्रहण गराउन अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खम्म बहादुर खातीलाई सर्वोच्च अदालतमा नै शपथ ग्रहण गराइएको छ ।
 

विशेष