News

चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्रीलाई भेटिन्, एमसीसीमा चासो !

चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्रीलाई भेटिन्, एमसीसीमा चासो !

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएकी छन् ।

भारत, अमेरिका लगायतका मित्र राष्ट्रहरुले प्रधानमन्त्रीलाई वधाई दिएपनि चिनले नदिएको विषयमा नेपाल आजले असार ३१ गते 'देउवा प्रधानमन्त्री वन्दा चीन नाखुस !' शिर्षकमा समाचार प्रकाशित गरेपछि होउ यान्छी वालुवाटर पुगेकी हुन ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटेर राजदूत होउ यान्छीले देउवालाई बधाई दिएको जनाईएको छ । प्रधानमन्त्री देउवाले आफूले सधैं चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताएका छन् ।

जानकारहरुका अनुसार चिनले योजनावद्ध रुपमा देउवालाई वधाई दिन राजदुतलाई पठाएको वताएका छन् । निकै समय लिएर आवश्यक तयारीपछि मात्र होउ यान्छीले देउवालाई भेटन वालुवाटार पुगेको उनीहरु वताउँछन् ।

अव चीनको रणनीति सकेसम्म प्रधानमन्त्रीस देउवालाई फकाउने र अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ संसदबाट अनुमोद हुन नदिनेमा केन्द्रित हुने विश्लेषकहरु वताउँछन् ।

नेपालमा एमसिसी मार्फत अमेरिकी प्रभाव बड्ने संकेत देखेपछि चिनले यस्लाई रोक्न धेरै अघिदेखि प्रयास गर्दै आएको छ । एमसीसी अगाडि वढ्न नदिनकै लागि चिनले कोरोनाको वहानामा अघोषित नाकावन्दी गर्दै आएको छ । 

चीनले लामो समयदेखि अन्योलमा रहेको ‘वान वेल्ट वान रोड’ अर्थात एक क्षेत्र एक सडक परियोजना कार्यान्वयनका लागि देउवा सरकारलाई दवाव दिन सक्ने विश्लेषकहरु वताउँछन् ।

प्राचीनकालमा चीनबाट एसिया हुँदै युरोप तथा अफ्रिकासम्म पुग्ने स्थल व्यापार मार्गलाई रेशम मार्ग अर्थात ‘सिल्क रोड’ भन्ने गरिन्थ्यो। सोही मार्गको आधुनिक अवतारको रुपमा चीनले अघि सारेको ओबीओआर परियोजनामा नेपाललाई पनि समावेश गर्न चीनले पछिल्लो समय तिव्र प्रयास गरिरहेको छ ।

‘वान वेल्ट वान रोड’ परियोजना अन्तर्गत एसिया, युरोप र अफ्रिकालाई सडक तथा रेल लगायतका पूर्वाधारले जोड्ने चीनको लक्ष्य छ।

त्यसका लागि चिनले पाकिस्तानसहित केही मुलुकमा बन्दरगाह र विमानस्थल जस्ता संरचनाको निर्माणमा लगानी समेत गरिरहेको छ।

शेरबहादुर देउवा होउ यान्छी

विशेष