News

एमालेको एकता कार्यदल विघटन, माधव पक्षद्वारा वैठक वहिस्कार

एमालेको एकता कार्यदल विघटन, माधव पक्षद्वारा वैठक वहिस्कार

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले नेकपा एमालेको स्थायी कमिटी वैठक वहिस्कार गरेका छन् । नेता भीम रावलले आफूहरूका माग सम्बोधन नभएपछि स्थायी कमिटी र संसदीय दलको बैठक बहिष्कार गरिएको बताए।

छलफलका लागि बैठक स्थगित गर्न आग्रह गरेको तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुनुवाइ नगरेपछि बैठक बहिष्कार गर्नु परेको रावलको भनाई छ।

शीर्ष तहमा सहमति गरेर मात्रै बैठक सञ्चालन गर्न र तत्काललाई वैठक स्थगित गर्न माग गरे पनि ओलीले बैठक सञ्चालन गरेको रावलले वताए । ओलीका पछिल्लो अभिव्यक्तिका कारण एकतामा अप्ठ्यारो सिर्जना गरेको उनको भनाई छ।

‘संसदीय दलको बैठक स्थगित गरौं भनेर आग्रह ग¥यौं तर पार्टी अध्यक्षले यो बैठक जारी रहन्छ भन्नु भयो। अध्यक्षले कार्यसूची अगाडि बढाउनुस् भनेपछि हामीले भन्यौं, हामी बैठकस्थलबाट बाहिरियौंं’– रावलले भने ।

नेता रावलले आफूहरू पार्टी एकताको पक्षमा रहेको र कार्यदलमा सहमति गरे अनुरूप पार्टी बैठकहरू सञ्चालन गरिनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले भने आजैको वैठकवाट कार्यदल विघटन गरेका छन् ।

माधवकुमार नेपाल कार्यदल

विशेष