भारतमा कोभिड १९ माहामारीको मजाक गर्दा चीन सरकार आफ्नै नागरिकद्धारा आलोचित
बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीले भारतमा कोभिड १९ माहामारीको मजाक बनाएपछि आफ्नै नागरिकद्धारा आलोचित भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले भारतमा कोभिड १९ बारे मजाक बनाएपछि आफ्नै नागरिकहरुले राष्ट्रियताको नाममा अन्य मुलुकको अपमान गरेको भन्दै आलोचना गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी सँग सम्बन्धित निकायले माइक्रो ब्लगिङ वेबसाईट वेइबोमा भारतको कोभिड १९ माहामारीबारे अपमानजनक पोष्ट गरेको थियो । उक्त सामाजिक सञ्जालको अकाउन्ट चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण अंग सेन्ट्रल कमिसन फर पोलिटिकल एण्ड लिगल अफेयर्ससँग सम्बन्धित रहेको बताईएको छ । उक्त अकाउन्द्धारा वेइबोमा चिनियाँ लङ मार्च फाईभ बी रकेट परिक्षण गरेको फोटो सँगै भारतमा कोभिड १९ संक्रमित मृतकहरुको चिता जलेको फोटो पोष्ट गरेको थियो । उक्त पोष्टमा चाइना लाइटिङ द फायर भर्सस इण्डीया लाइटिङ द फायर क्याप्सन सहित इण्डीयामा दैनिक चार लाख कोभिड १९ संक्रमण फैलिएको ह्यासट्याग लेखिएको थियो । उक्त पोष्ट विभिन्न चिनियाँ सरकारी अकाउन्टहरुले सेयर गरेका थिए । विभिन्न चिनियाँ अकाउन्टकर्ताहरुले नै उक्त पोष्टमा आलोचना गरेका छन् । एक जना चिनियाँ वेइबो प्रयोगकर्ताले उक्त वोष्टमा कमेन्ट गर्दै सरकारी निकायबाट यस्तो पोष्ट विश्वास नै गर्न नसकेको भन्दै आफ्नो राष्ट्रवादको लागि अन्य मुलुकको पीडा किन मनाउछौ भनेर प्रश्न गरेका छन् ।अर्का एक जनाले यस्तो पोष्ट कसरी सेन्सर भएन भन्दै यो मानव जातिका लागि अपमानजनक पोष्ट भएको कमेन्ट गरेका छन् । चीन सरकारको स्वामित्वमा परिचालित समचारपत्र ग्लोबल टाईम्सका प्रमुख सम्पादक हु छिजिनले समेत उक्त पोष्टको निन्दा गरेका छन् । स्रोत जी फाईभ