News

ओलीका साईवर सेनाद्वारा युवा नेता रिजाललाई आक्रमण गर्ने धम्की

ओलीका साईवर सेनाद्वारा युवा नेता रिजाललाई आक्रमण गर्ने धम्की

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उपचारका लागि मानसिक अस्पताल लान सुझाव दिएका युवा नेता रामप्रसाद रिजाललाई ओलीका साईवर सेनाले धम्की दिन थालेका छन् ।

रिजालले नेपाल आजसँग कुरा गर्दै आफुमाथि धम्की आईरहेको वताएका छन् । ‘सामाजिक सञ्जाल मार्फत आक्रमणका धम्कीहरु आईरहेका छन्’ उनले भने–‘ओली विरुद्ध वोल्दाको परिणाम हो यो।’

प्रधानमन्त्री ओलीका विरुद्धमा वोलेपछि उनका साईवर सेना आफुमाथि खनिएको रिजालको दावी छ । रिजालले गत असार १५ गते ‘ प्रधानमन्त्री केपी शर्मा ओली मानसिक रुपमा अस्वस्थ भएकाले उपचार गर्न उनका निजी चिकित्सलाई आग्रह’ गरेका थिए।

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति प्रयोग गरेका असभ्य शब्दले उनी स्वस्थ नरहेको पुष्टि हुने भन्दै उनले ओलीले नेपालसँग माफि नमागे वालुवाटारवाट घिसार्न पनि पछि नपर्ने वताएका थिए ।

यो अभिब्यक्तिपछि आफुलाई सामाजिक सञ्चाल मार्फत धम्की र गालिहरु आउन थालेको उनको भनाई छ । 

ओलीका साईवर सेनाले आक्रमण गर्ने धम्की दिएपछी माओवादी सुनसरीका कार्यालय सचिव  कमल आचार्यले वाईसिएलका सुरक्षा लिन रिजाललाई आग्रह गरेका छन् । तर, आफुले वाईसिएलको सुरक्षा अस्विकार गरेको उनले वताए ।

नेकपा एमालेका वरिष्ठ नेता नेपालले रिजाललाई आएको धम्कीप्रति चासो ब्यक्त गरेका छन् । धम्की र अपशब्दहरुको रेकर्ड राख्न नेपालले आफुलाई सुझाव दिएको रिजालको भनाई छ।
यो पनि

ओलीमा मानसिक समस्या देखिएको भन्दै उपचार गराउन नेता रिजालको आग्रह

ओलीलाई जनताले वालुवाटारवाट घिसारेर सडकमा ल्याउँछन् : युवा नेता रिजाल

मानसिक रुपमा अस्वस्थ रामप्रसाद रिजाल केपी शर्मा ओली

विशेष