News राजनीति

देउवा सरकारलाई विश्वासको मत दिने माधव नेपालको संकेत

देउवा सरकारलाई विश्वासको मत दिने माधव नेपालको संकेत

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका छन् ।

आफु निकट नेताहरुसँगको छलफलमा नेता नेपालले देउवालाई प्रधानमन्त्री वनाउन सहयोग गरेकाले उनको सरकार टिकाउ पनि सहयोग गर्नु पर्ने धारणा ब्यक्त गरेका छन् । युवा नेता रामप्रसाद रिजाल भन्छन्–‘कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वास को मत दिएर संसद, संविधान र लोकतन्त्र बचाउने कुरामा वहाँ दृढ हुनुहुन्छ।’

रिजालले कुकरलाई घ्यू नपचे झै खड्ग प्रसाद ओलीलाई पनि प्रधानमन्त्री पद नपचेकाले सत्ताच्युत हुनु परेको जिकिर गरे । राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि हैसियत र क्षमता अनुसार पद नपचेको उनले जिकिर गरे ।

कानुन र विधिको शासनलाई समाप्त गरेर देशलाई अस्थिरतातिर धकेलेर संघिय लोकतान्त्रिक व्यवस्था समाप्त गर्न खोजेकाले ओली समाप्त भएको वताएका रिजालले उनलाई अरु कसैले नभई आफैले सिद्याएको दावी गरे । ‘भस्मासुरले आफैलाई खरानी वनाए झै ओलीले आफैलाई सिद्याए’ उनी भन्छन्–‘उनको प्रतिगामी कदम नै उनका लागि समाप्तीको कारक वन्यो।’

ओलीको सत्तामोह र तानशाही प्रवृत्तिका कारण विशाल नेपाल कम्युनिस्ट पार्टी ३ टुक्रा भएको रिजालले वताए । ओलीको हरेक गलत कृयाकलापमा सहयोगी भएर राष्ट्रपति भण्डारीले आफुलाई ओलीको हन्मेर्नु वनाएको उनको आरोप छ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीवाट घोक्र्याएपछि ओलीको मानसिक सन्तुलन समेत विग्रिएको वताएका रिजालले भने –‘वरिष्ठ नेता नेपाललाई बालकोट  पुगेर तथानाम गाली गरेर उनले आफनो असली रुपमा देखाए। पद गएकोमा उनको वोली र ब्यवहार जाँड रक्सी खाएको जँडिया जस्तै देखियो ।’

ओली मानसिक रुपमै विक्षीत भैसकेकोले अव उनलाई पार्टी अध्यक्षवाट पनि विश्राम दिनु पर्ने उनको धारणा छ। ‘अव वहाँलाई झन अस्वस्थ नबनाऔ। पार्टीको बोझ उनको शरिर र स्वास्थ्यले थेग्न सक्दैन’ उनले भने–‘ओलीलाई पार्टीबाट स–सम्मान बिदा गरी आराम गर्ने वातावरण वनाउनु पर्छ ।’

पार्टी जोगाउने भए वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउन ढिलो गर्न नहुने रिजालले वताए । 
 

माधवकुमार नेपाल रामप्रसाद रिजाल

विशेष