News

गुलरियामा श्रीमतीले कसको सहयोग लिएए कुटिकुटी श्रीमानको हत्या गरिन?

गुलरियामा श्रीमतीले कसको सहयोग लिएए कुटिकुटी श्रीमानको हत्या गरिन?

बर्दियाको मधुवनमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । 

मधुवन–४ बादरभरियाकी ३८ वर्षीया सीता थारूले ३८ वर्षीय श्रीमान लक्षिराम थारूलाई कुटेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरापमा प्रहरीले उनी उनका १८ वर्षीय छोरालाई पक्राउ गरेको छ।

घरायसी विवादमा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका लक्षिरामको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको हो । उनको मृत्यु भएको खबर पाएसँगै इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय वर्दियाले जानकारी दिएको छ । 
 

विशेष