News अपराध सुरक्षा

चार तलामाथि सुतेकी किशोरी मृत फेला, शव कसरी आयो आँगनमा ?

चार तलामाथि सुतेकी किशोरी मृत फेला, शव कसरी आयो आँगनमा ?

झापाको बिर्तामोड नगरपालिका– ५ स्थित पूर्व – पश्चिम राजमार्ग नजिकै रहेको चार तले घरको सवैभन्दा माथिल्लो तलामा सुतेकी एक किशोरी गत असार २८ गते मृत अवस्थामा फेला परिन। अझै आश्चर्यको कुरा त के छ भने– उनको शव अर्धनग्न अवस्थामा घरको आँगनमा विहानी पख भेटियो ।

यसरी आश्चर्य जनक अवस्थामा मृत फेला परेकी किशोरी हुन २५ वर्षीय सृजना बस्नेत। पुर्वपश्चिम राजमार्गमा रहेको सुगम पेट्रोल पम्मवाट उत्तरमा छ बस्नेत बसेको घर। परिवारका सदस्यका अनुसार बस्नेत आफ्नै कोठामा सुतेकी थिइन् । चार तले घरको माथिल्लो तलामा बस्ने बस्नेतको शरीरमा भित्री कपडा मात्रै फेला परेको थियो ।

बस्नेत सुतेको कोठा बाहिरबाट ताल्चा लगाइएको थियो । सो घरको चारै तलामा तलैपिच्छे ताल्चा लगाइएको र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट ताल्चा लगाएको प्रहरीले जनाएको छ । तर, उनको मृत्यु कुन कारणले भयो भन्ने कुराको जानकारी प्रहरीले अहिलेसम्म पाएको छैन।
घट्नापछि  जिल्ला प्रहरी कर्यालय, इलाका प्रहरी कार्यालय अनारमनी र क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको संयुक्त टिमले अनुसन्धान जारी राखेका छन् । इन्सपेक्टरको नेतृत्वमा अनुसन्धान भईरहेको छ। 

कुकुरद्वारा गरिएको अनुसन्धान, पोस्टमार्टम रिपोर्ट तथा मोबाइल फोन ट्र्याकिङ, शङकास्पद् व्यक्तिलाइ सोधपुछ लगायतका विषयमा प्रहरीले काम गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले वताए ।

उनको मोबाइल फोनको प्याटर्न लक घरका कसैलाई पनि थाहा नभएका कारण अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको छ । उपलब्ध सुचना स्रोतबाट अनुसन्धान गरिरहेको उनको भनाइ छ । अनुसन्धान अर्थपूर्ण भएपछि सार्वजनिक गरिने उनले बताए ।

घट्नापछि शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । 

सृजना बस्नेत

विशेष