News

बिप्लब नेकपाद्धारा बझाङ्गमा राहत वितरण

बिप्लब नेकपाद्धारा बझाङ्गमा राहत वितरण

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले बझाङ्गको सदरमुकाम चैनपुरमा कोरोना राहत वितरण गरेको छ । जिल्लास्थित शहिद परिवार, विपन्न नागरिक तथा वादी समुदायलाई करिब ४० बोरा चामल वितरण गरिएको कम्रेड विपी जानकारी दिए । 
    
बझाङ्ग जिल्लाबाट विभिन्न संघर्षका क्रममा शाहदत प्राप्त गरेका विप्लब माओवादी नेता तथा कार्यकर्ताहरु कम्रेड राजेश, प्रज्वल र सनराईजको सम्झनामा राहत वितरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा बझाङ्ग जिल्ला सेक्रेटरी कम्रेड विराट, युवा संघ सुदूरपश्चिम इन्चार्ज श्याम भट्ट, जिल्ला सचिवालय सदस्य देवदत्त अवस्थी लगाएत नेता कार्यकर्ताको सहभागीता रहेको थियो । 


यो पनि
'दलाल पुँजीवादी राज्य ब्यबस्थाले राष्ट्रिय पुँजी धराशयी भएको छ'

विशेष