News अपराध सुरक्षा

केपी ओलीका शुभचिन्तक काभ्रेका ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ

केपी ओलीका शुभचिन्तक काभ्रेका ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ

काभ्रेका ‘गुण्डा नाइके’ सत्यमान लामालाई विहिवार प्रहरीले पक्राउ गरेको छ । करिब १ करोड रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा उनी पक्राउ परेका हुन् ।

चेक बाउन्स मुद्दामा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले लामालाई रोशी गाउँपालिका–८ कटुन्जेबाट पक्राउ गरेको हो।  

लामाको चेक बाउन्स मुद्दा काठमाडौंमा रहेकाले उनलाई काठमाडौं पठाउने तयारी भईरहेको छ ।

लामाविरुद्ध रामकुमार थापा क्षेत्री र सुरज सापकोटाले चेक बाउन्समा उजुरी दिएका थिए। लामाले गत माघ २० गते क्षेत्रीलाई दिएको ७० लाखको चेक साट्न वैंकमा जाँदा उनको खातामा रकम नभएपछि बाउन्स भएको थियो।

सापकोटालाई दिएको २२ लाखको चेक पनि बाउन्स भएको प्रहरीले जनाएको छ ।

यसअघि पनि महानगरीय प्रहरी परिसर काठमाडौंले लामालाई पक्राउ गरेको थियो । उनलाई छुटाउन एमाले नेतृ नवीना लामा प्रहरी कार्यालय नै पुगेकी थिइन्। युवासंघ काभ्रेका नेता समेत रहेका लामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रिय सदस्य महेश वस्नेका अतिनै ठुलो शुभचिन्तक मानिन्छन्।
 

सत्यमान लामा गुण्डा नाइके

विशेष