News राजनीति

ओलीको विकल्प खोज्ने तयारीमा नेम्वाङसहितका दोस्रो बरियताका एमाले नेताहरु !

ओलीको विकल्प खोज्ने तयारीमा नेम्वाङसहितका दोस्रो बरियताका एमाले नेताहरु !

एमाले संस्थापन पक्षको शुक्रवार वसेको स्थायी कमिटी वैठकले एकता कार्यदल विघटन गरेपनि कार्यदलमा रहेका र नरहेका दोस्रो तहका नेताहरु पार्टी एकता जोगाउन प्रयासरत छन् ।

कार्यदलमा रहेका नेताहरुको अगुवाईमा शनिवार पनि दोश्रो पुस्ताका नेताहरुको बैठक वसेको छ । 

बैठकले दश बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गर्ने सहमति गरेको छ । दुई नेताहरु विच संवाद नभए एकता कठिन हुने भन्दै उनीहरुले आम नेता तथा कार्यकर्ताको चाहना अनुसार पार्टीलाई एक ढिक्का बनाउन प्रयत्न गर्नु पर्ने निस्कर्ष निकालेका छन् ।

तर, ओली पक्षबाट कार्यदल संयोजक रहेका सुवासचन्द्र नेम्वाङ नै ओलीबाट आजित छन्। संसद बिघटन नगर्नु भन्ने सल्लाह नमानेको र आफ्नोसमेत छवि बिगारी दिएको गुनासो नेम्वाङले गर्ने गरेका छन् ।

आफूलाई प्रधानमन्त्री बनाएर एकता जोगाउन सकिने अबस्थामा ओलीले नजरअन्दाजÞ गरेको उनले आफ्ना भित्रियाहरुलाई भन्ने गरेका छन । ओलीकै कारण एमाले सकिने अबस्था पुगेको भन्दै दोस्रो तहवाट हस्तक्षेप हुन पर्ने निस्कर्षमा नेम्वाङ पुगेको श्रोतले जनाएको छ।

महासचिव ईश्वर पोखरेल पनि अहिलेको अवस्था आउनुमा माधव नेपाल र केपी ओली दुबै दोषी भएको निस्कर्षमा पुगेका छन् । गृहमन्त्री बन्ने आशामा रहेका उनलाई ओलीले रक्षा मन्त्री हुँदै बिना बिभागिय मन्त्रीमा सिमित वनाएका थिए । अन्तमा विना विभागिय मन्त्रालयवाट पनि उनलाई वेदखल गरेपछि पोखरेल ओलीसँग खुलस्त छैनन् ।

नेपाल पक्षको सहयोगले शेरबहादुर देउवाको सरकार बनेर एमालेको सरकार ढलेपछि पार्टीभित्र संकट बढेको छ । एमाले संस्थापनले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । नेपाल खनाल समूहले विश्वासको मत दिएर संसद जोगाउने बताएको छ ।

यसैविच नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरीले माधव नेपाललाई संसदीय दलको नेता र केपी शर्मा ओली बाहेकलाई अध्यक्ष मानेर जाँदा मात्रै पार्टी एकता कायम रहने बताएका छन् ।

एमाले माधव समूहले दाङको लमहीमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा चौधरीले यस्तो वताएका हुन । सुभाष नेम्वाङलाई अध्यक्ष मानेर जाने कुरामा ओली समुह तयार भए एकता सम्भव रहेको उनको भनाई छ।

ओली पक्षका नेताहरुवाट असन्तुष्टि वाहिरिनु र माधव पक्षवाट ओलीको विकल्प खोज्नु पर्ने भन्दै धारणाहरु सार्वजनिक हुनुले ओलीलाई पनि चिसो पसेको उनी निकटका नेताहरु वताउँछन् ।

केपी शर्मा ओली माधवकुमार नेपाल कार्यदल

विशेष