News

बिप्लवको युवा संगठनद्धारा सार्वजनिक यातायातको भाडा अनुगमन

बिप्लवको युवा संगठनद्धारा सार्वजनिक यातायातको भाडा अनुगमन

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले शनिबार सार्वजनिक यातायातको भाडा अनुगमन गरेको छ । बिप्लवको युवा संघले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार देशका विभिन्न ठाउँमा यातायातको अनुगमन गरेको खबर प्राप्त भएकाछन् ।

काठमाडौको कलंकी क्षेत्रमा सार्वजनिक यातायातको भाडा अनुगमन गरिएको उपत्यका विषेस व्युरो इन्चार्ज कम्रेड प्रविनले जानकारी दिए । निषेधाज्ञाको समयमा तोकिएको भन्दा बढी भाडा असुली भएको भेटिएपछि आफै अनुगमनमा उत्रेको प्रविन बताउँछन् । सरकारले असार २९ गते लागु गरेको भाडादर कायम नभएकोले अनुगमन गरेर कारबाहीका लागि सिफारिस गरिएको उनले बताए । 

त्यस्तै बझाङ सदरमुकाम चैनपुरमा पनि बिप्लवको युवा संघले अनुगमन गरेको जिल्ला सचिवालय सदस्य देवदत्त अवस्थीले जानकारी दिए । अनुगमनकोक्रममा कपिलवस्तुमा ८ जना बिप्लव कार्यकर्तालाई पक्राउ समेत गरेको थियो । 

त्यस्तै शनिबार नै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले बझाङ्गको सदरमुकाम चैनपुरमा कोरोना राहत वितरण गरेको छ । जिल्लास्थित शहिद परिवार, विपन्न नागरिक तथा वादी समुदायलाई करिब ४० बोरा चामल वितरण गरिएको कम्रेड विपी जानकारी दिए । 


    

बझाङ्ग जिल्लाबाट विभिन्न संघर्षका क्रममा शाहदत प्राप्त गरेका विप्लब माओवादी नेता तथा कार्यकर्ताहरु कम्रेड राजेश, प्रज्वल र सनराईजको सम्झनामा राहत वितरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा बझाङ्ग जिल्ला सेक्रेटरी कम्रेड विराट, युवा संघ सुदूरपश्चिम इन्चार्ज श्याम भट्ट, जिल्ला सचिवालय सदस्य देवदत्त अवस्थी लगाएत नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।


यो पनि
'दलाल पुँजीवादी राज्य ब्यबस्थाले राष्ट्रिय पुँजी धराशयी भएको छ'

नेत्र विक्रम चन्द 'विप्लव'

विशेष