News राजनीति

एमाले स्थायी कमिटी बैठक आइतबार, केन्द्रीय कमिटी सोमबार

एमाले स्थायी कमिटी बैठक आइतबार, केन्द्रीय कमिटी सोमबार

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताए।

यही साउन ४ गते १४औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ः०० बजे बोलाइएको छ । उहाँका पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै  आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ ।

एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन ।

सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो । रासस
 

नेकपा एमाले

विशेष