News

महेश बस्नेतको युथ फोर्स कोचिङ्गपछि दिपशिखाले भनेः तालिमको कुरा हो भने वाईसिएललाई तालिम जरुरत पर्दैन

महेश बस्नेतको युथ फोर्स कोचिङ्गपछि दिपशिखाले भनेः तालिमको कुरा हो भने वाईसिएललाई तालिम जरुरत पर्दैन

नेकपा एमाले केन्द्रीय सदस्य, पूर्वमन्त्री महेश बस्नेतको उपस्थितिमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको युथ फोर्सले आफ्ना सयौं कार्यकर्तालाई एक दिने कमाण्डो तालिम दिएपछि नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलका अध्यक्ष राम प्रसाद सापकोटा दिपशिखाले युथ फोर्स लक्षित स्टाटस लेखेकाछन् । दिपशिखाले फेसबुकमा लेखेकाछन्, 'फोर्स गठनको उदेश्य के हो थाहा भएन । केहिले सोध्नु भयो? अरूले तालिम गरिरहॅदा वाईसिएल के गरिरहेको छ? मेरो हार्दीक कुराः पहिलो कुरा, हामी अरूले जेजे गरे त्यहि गर्ने पक्षमा छैनौं । तालिमको कुरा गरेको हो भने, तालिमप्राप्तलाई फेरी तालिम गरिरहन पर्दैन !'

दिपशिखाले युथ फोर्सलाई तालिम दिनुको उदेश्य के हो? भनेर प्रश्न समेत गरेकाछन् । नेकपा एमाले भित्र ओली निकट युथ फोर्सलाई अराजक र गुण्डागर्दी गर्नेहरुको समुहका रुपमा हेरिन्छ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपी शर्मा ओली पदमुक्त भएर बालकोट जानेबेला युथ फोर्सका केही कार्यकर्ताहरु नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको घर घेराउ गर्न गएको भनेर खबर सार्वजनिक भएका थिए ।  आफ्ना नेताहरु माथि युथ फोर्स नामक साईबर स्यालहरुको झुण्ड जाई लागेको भन्दै माधव नेपाल निकट विद्यार्थी संगठनले त्यसलाई काउन्टर दिन शुक्रबार अखिल फोर्स गठन गरिसकेको छ । अखिल फोर्स गठन कार्यक्रममा विद्यार्थी नेता सुदेश पराजुलीले साईबर स्यालहरुले आफ्ना नेताहरु माथि धावा बोलेको सह्य नभएको भन्दै काउन्टर दिन अखिल फोर्स जन्मिएको प्रतिक्रिया दिएका थिए । 

परमादेशपछि ओली प्रधानमन्त्रिबाट बर्खास्त भएपछि बालकोटको बार्दलीबाट कार्यकर्तालाई देशभरी जनजागरण अभियान चलाउन उर्दि जारी गरेका थिए । त्यसैको केही दिनमै पुर्व मन्त्री महेश बस्नेतले भक्तपुरको सूर्यविनायकस्थित प्रस्तावित राष्ट्रिय प्राणी उद्यान केन्द्रमा आज आयोजित एक कार्यक्रमका बीच युथफोर्सका सदस्यहरुलाई तालिमको सुरुवात गरेको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओली निकट राष्ट्रिय युवा संघले केहि दिनअघि मात्र ‘युथ फोर्स’ ब्युत्याएको थियो ।

राम प्रसाद सापकोटा ‘दिपशिखा’ वाईसीएल

विशेष