News

माधव नेपाल सरकारमा जाने सूचना कस्ले दियो वास्कोटालाई ?

माधव नेपाल सरकारमा जाने सूचना कस्ले दियो वास्कोटालाई ?

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाउन पार्टीमा विद्रोह गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अन्ततः सरकारमा पनि जाने तयारीमा रहेको सूचना वाहिरिएको छ ।

नेकपा एमालेका नेता एवम् पुर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले माधवकुमार नेपाल पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा जाने सहमति भइसकेको दाबी गरेका छन्। उनले शनिबार ट्वीट गर्दै ५ मन्त्रालयसहित नेपाल समूह सरकारमा जाने सहमति भइसकेको दाबी गरेको हुन्। 

देउवा सरकारमा ९ मन्त्रालय कांग्रेसलाई (प्रमुख भाई कांग्रेस–६ सहित), कम्फरटेवल कम्युनिष्ट –माधव समुह) ५ मन्त्रालय तथा माओवादी केन्द्र र जसपालाई ५ मन्त्रालयको भागबण्डा भएको दाबी वास्कोटाले गरेका छन्। 

उनले लेखेका छन्– ‘ट्वीटर ह्याण्डीलको नौटंकीपूर्ण हल्ला सकियो होला कि नाइँ? तर, परमादेश प्रमको गठबन्धन ह्यण्डील चै कांग्रेस ९ं, प्रमुख भाइ कांग्रेस ६ं, कम्फरटेवल कम्युनिष्ट ५ं,  जसपा बाह्र भाइ ५, हुने सम्झौता भयो भन्ने छ। परमादेश सरकारको पूर्णता नभै एमाले विवादको अन्तिम पटाक्षेप नहुने। बल देऊ भीमसेन एकता।’

परमादेश सरकारको पूर्णता नभई एमाले विवादको समाधान नहुने उनको वताएका छन् । 

शेरवहादुर देउवा माधवकुमार नेपाल

विशेष