News विदेश

ओलीले नाकावन्दी गरेको भारतीय मिडियाको आरोप, देउवा प्रधानमन्त्री हुँदा खुसी

ओलीले नाकावन्दी गरेको भारतीय मिडियाको आरोप, देउवा प्रधानमन्त्री हुँदा खुसी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हटेर नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बनेपछि भारतको उत्तराखण्डदेखि नेपालको सीमाक्षेत्रमा खुसीयाली मनाईएको छ ।

भारतीय अनलाईन मिडिया ‘जागरण डटकम’ ले शनिवार प्रकाशित गरेको समाचारमा ओली वहिर्गमन र देउवाको इन्ट्रीले भारतीयहरु खुसी भएको जनाएको छ।

‘देउबा ठीक करेंगे ओली के बिगाड़े रिश्ते, उत्तराखंड से सीमा विवाद के समाधान की भी जगी उम्मीद’ शिर्षकमा प्रकाशित समाचारमा भारतप्रति सकारात्मक भाव राख्ने देउवा प्रधानमन्त्री बनेपछि कालापानी क्षेत्रदेखि लिंपियाधुरा र लिपुलेकमा हुने टकराव पनि अन्त हुने गरिएको उल्लेख छ।

केपी ओलीका कारण एक वर्षदेखि उत्पन्न भारतसँगको तनावपूर्ण स्थिति पनि अब सामान्य हुने आशा गरिएको छ। ‘मई २०२० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको प्रभावमा परेर  लिपुलेक, लिंपियाधुरा र कालापानी आफनो भएको दावी गर्दै नयाँ राजनीतिक नक्शा जारी गरिदिए’ समाचारमा भनिएको छ–‘भारतलाई अतिक्रमणको आरोप लगाए अन्तरराष्ट्रीय मञ्चमा पनि वक्तब्य दिए। उनले अवस्था यसरी विगारेकी वर्षौदेखिको खुल्ला सिमामा नाकावन्दी गरे । सिमानामा धमाधम शसस्त्र प्रहरी बलको बीओपी खोल्न सुरु गरे।’

उत्तराखण्डका सीमामा तनाव राख्न ओलीको हरकत यतिमा मात्र सिमित छैन, कैलास मानसरोवर मार्गमा निगरानी गर्न छांगरूमा प्रहरी चौकीको निर्माण गरे । सर्वोच्च अदालतले अस्तक्षेप गरेर अहिले नेपाली कांग्रेसका शेर बहादुर देउबाले प्रधानमन्त्रीको कुर्सी सम्हालेका छन् । यसका कारण अव उत्तराखण्डको सीमामा पनि बदलावको आशा छ। 

समाचारमा वताईए अनुसार देउबाको भारतसँग पुरानो नाता छ। चौथो पटक प्रधानमन्त्री बनेपछि अफ्नो पहलो विदेश भ्रमण देउवाले अगस्त २०१७ मा भारतको गरेका थिए र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता पनि गरेका थिए ।

शेरवहादुर देउवा केपी शर्मा ओली जागरण

विशेष