News

देउवालाई भोट हाल्न हेलिकप्टर चढेर काठमाडौं आए गगन

देउवालाई भोट हाल्न हेलिकप्टर चढेर काठमाडौं आए गगन

नेपाली कांग्रेसका नेता गगनकुमार थापा शेरवहादुर देउवालाई विश्वासको मत दिन पोखरावाट हेलिकोप्टरमार्फत काठमाडौं आएका छन् ।

देउवाले आकस्मिक रुपमा आइतवार नै संसदमा विश्वासको मत लिने निर्णय गरेपछि नेता थापा हेलिकोप्टरमार्फत काठमाडौं फर्किएका हुन् ।

उनी दुई दिनदेखि पोखरामा रहेका थिए । कांग्रेस नेता रामजी कुँवरको स्मृतिसभा तथा पार्टीको विभिन्न कामका लागि थापा शनिबार पोखरा पुगेका थिए । उनी एभरेष्ट हेलीमार्फत काठमाडौं आएका हुन् । नेता थापाको साथमा पूर्वमन्त्री यज्ञबहादुर थापा पनि छन्  । 

यता, नेपाली कांग्रेसको संसदीय दलको बैठकले आजको प्रतिनिधिसभा बैठकमा आफना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।

संसद् भवन  बानेश्वरमा आज बसेको संसदीय दलको बैठले प्र्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने तय भएकाले अनिवार्य उपस्थित हुन निर्देशन दिइएको हो ।

गगन थापा शेरवहादुर देउवा विश्वासको मत हेलिकोप्टर

विशेष