News

जनकपुर–जयनगर रेल्वे ट्रयाकको परीक्षण सकियो

जनकपुर–जयनगर रेल्वे ट्रयाकको परीक्षण सकियो

भारतका जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुने जनकपुर–जयनगर रेल्वे ट्रयाकको आइतबार सफल परीक्षण गरिएको छ ।

३५ किलोमिटर दुरीमा प्रतिघण्टा एक सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रेल सञ्चालन गरेको  र परीक्षण सफल भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए।

चालक दलका लागि नयाँ ट्रयाक भएकोले जयनगरबाट आउँदा ६० किलोमिटर प्रतिघण्टा र फर्कदा एक सय १५ किलोमिटर प्रतिघण्टामा फर्किएको उनले बताए।

ट्रयाक परीक्षणको काम भारतकै भएकोले परीक्षणका लागि उतैबाट रेल ल्याएर फर्काएको उनले बताए। भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा रेल्वे लिकको स्पीड र सर्टिफिकेशन गरिएको हो ।

महाप्रबन्धक भट्टराईले ट्र्याकको स्थितिबारे परीक्षण गरेको र भारतीय पक्षले रेल सञ्चालन गर्नका लागि ट्रयाक सुरक्षित रहेको प्रमाणित गरेपछि सरकारसँगको समन्यवमा रेल सञ्चालनको मिति तय हुने बताए।

उनले रेल सञ्चालनका लागि कम्पनी तयारी अवस्थामा रहेको पनि बताए।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा यसअघि असोज २ गते दुई सेट डेमो ट्रेन जनकपुरसम्म ल्याइएको थियो । 
 

परीक्षण जनकपुर–जयनगर

विशेष