News राजनीति

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा किन आएनन् ओली ?

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा किन आएनन् ओली ?

नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओली पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा अनुपस्थित भएका छन् ।

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थापना भएसँगै नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेका वेला ओली भने उपस्थित छैनन्।

संसद् सचिवायमा कार्यरत कर्मचारीहरूले यो समाचार तयार पार्दासम्म ओलीलाई नदेखेको जानकारी दिएका छन् ।

यसअघिको पुनःस्थापित प्रतिनिधि सभामा पनि ओली बस्ने गरेका थिएनन् । बैठक बस्नुअघि र पछि संसद् भवनमा आएपनि उनी बैठकमा बस्ने गरेका थिएनन् । 

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुर्नस्थापना गरेपछि पहिलोपल्ट आइतबार प्रतिनिधि सभा बैठक बसिरहेको छ। देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

उनकालाई विश्वासको मत दिन कांग्रेसका सांसद तथा नेपाली कांग्रेसका नेता गगन थापा भने पोखरावाट आजै हेलिकप्टर चढेर काठमाण्डौं आएका छन् ।

प्रतिनिधि सभाको वैठक १५ मिनेटपछि वस्ने गरी स्थगित भएको छ।

 

विशेष